गाेपाल काफ्ले पथरी भदै १९ माेरङकाे लेटाङ नगरपालिकामा भएकाे प्रथम किर्तिमान च्यालेन्ज कपकाे उपाधि बेलबारी स्पाेटिङ क्लव बेलबारी चुमेकाे छ । किर्तिमान युवा क्लवकाे अायाेजनामा भएकाे फाईनल खेलमा बेलबारी फुटवल क्लवले ट्राईबेकरमा ७ का बिरुद्घ ८ गाेल गर्दै संगम स्पाेटिङ क्लव लक्ष्मिमार्गालाई पराजित गरेकाे हाे । बेलबारीका तर्फबाट दाेस्राे हाफकाे ७ अाै मिनेटमा भूषण लिम्बुले गाेल गर्दै अाफ्नाे टिमलाई अग्रता दिलाए भने खेलकाे ५१ अाै मिनेटमा लक्ष्मीमार्गाका सुमन राईले गाेल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित समय सम्म खेल बराबरी भए पछि खेलकाे निर्णय ट्राईबेकरमा पुगेकाे थियाे । ट्राईबेकरमा लक्ष्मीकमार्गबाट सुरेस राई, भूषण लिम्बू मिस चेङ्ग, सुमन राई, राजकुमार चाैधरी, बिदेश राई, सुमन देवान, एनाेस मगर, ले गाेल गरे भने किपर सुजन कार्कीकाे गाेल पाेलमा लागेर बाहिरिएकाे थियाे । बेलबारीका निरज बस्नेत, अशाेक खवास, नानि भाइ पाचकाेटि, बिबेक पाैडेल, सुमन श्रेष्ठ, दिपेन धिमाल र राजकुमार राईले गाेल गरेका थिए । । निकै प्रतिस्प्रदात्मक खेलमा पहिलाे हाप गाेल रहित बराबरीमा भएकाे थियाे ।
![]() |