भदौ १९ – दरबार मार्गका अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने पसलहरूलको ठगीको नया र चरम रूप पत्ता लागेको छ।छुटको नाममा ६ गुणासम्म नाफा खाने गरी सामान बेच्ने गरिएको भेटिएको छ ।
आपुर्ति मन्त्रालयले आज गरेको छड्केका क्रममा यस्तो भेटिएको हो । आपूर्ति मन्त्री शिवकुमार मण्डल सहितको टोलीले आज चाडबाडमा बढ्न सच्ने कालोबजारी लाई लक्षित गर्दै काठमाडौंमा विभिन्न ब्राण्डका सामान बेच्ने पसलहरूमा अनुगमन गरेको थियो ।
यस्तो भेटीयो-
मन्त्री मण्डल सहितको टिम नाइक ब्राण्डको जुत्ता तथा अन्य कपडाहरू बेच्ने दरबार मार्गको एभिन्यु मार्केटिङमा पुगेको थियो।उसले ४७ सयमा खरिद गरेको जुत्तालाई २७ हजारमा बेच्ने गरेको मन्त्री सहितको टिमले फेला पार्यो। त्यो पनि ४० प्रतिशत छुटपछि !
एक सय रुपैयाँ पर्ने मोजालाई चौध गुणा बढीमा बिक्री गरेको भेटियो । नियमानुसार २० प्रतिशतभन्दा बढी नाफा खाएर कुनै पनि व्यापारीले सामान बेच्न पाइँदैन ।
दरबारमार्गका आसपासका पसलहरुमा मन्त्री सहितको टीमले अनुगमन गरेको थियो।
ठगिको नया रूप-
सामानमा हजार प्रतिशत मुल्य जोडेर दरबारमार्ग आसपासका पसलहरुले ६० प्रतिशतसम्म छुट घोषणा गरेका छन् । अनुगमन टोलीले पसलहरुमा छुट सुरु हुनुपूर्वको विक्रि विल र अहिलेको विक्रि विल मागेको थियो । तर अधिकांश पसलेहरुले भिडाएर विल दिन सकेनन् ।
आवश्यक कागजपत्र नमिले पछि मन्त्रीको निर्देशनमा विभागले केही पसलहरुमा सिल गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, भेन्च्युसेन र मिटर्स पसलमा विभागले सिल गरेको हो ।
विभागले पसलेहरुलाई २४ घण्टाको म्याद दिएको छ। २४ घण्टा भित्र आवश्यक कागजप लिएर विभागमा उपस्आथित हुन पनि विभागले पसलेहरूलाई निर्उदेशन दिएको छ।

तपाईको प्रतिक्रिया