काठमाडौं । नेकपा एमालेका सांसदका बिचारीप्रसाद यादवले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पर्सा २ का सांसद यादवले स्थानीय तहको निर्वाचनमा आफुले भनेका ब्यक्तिलाई उम्मेद्धार नबनाएको भन्दै यादवले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

पर्सा जिल्लाका धेरै स्थानमा पार्टीले राम्रा र जित्न सक्ने ब्यक्तिलाई टिकट नदिई ब्यक्तिले इच्छाएकालाई मात्र टिकट दिएको उनले आरोप लगाएका छन् । एमालेले प्रदेश नम्वर २ का अधिकाँस स्थानमा उम्मेद्धारी टुंग्याइसकेको छ । पर्सा जिल्लामा पनि उम्मेद्धारी टुंग्याइएको छ ।

उम्मेद्धारी टुंगिएपछि असन्तुष्ट बनेका यादवले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । टिकट वितरणमा असन्तुष्टी जनाउँदै आएका यादवले टिकट वितरणमा हेरफेर गर्नुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया