इलाम १९ भदौं । जन प्रतिनीधिले नागरिकको आवाजलाई सम्बोधन गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । उनिहरुले मानव आधिकार मञ्च नेपालको महिलाहरु विशेषगरी सिमान्तकृत समुदायको स्थानीय सुशासन निर्णायक तह र राजनीतिमा सहभागीता सबलीकरण परियोजनाको सार्वजनिक सेवा प्रदाय निकाय र सम्बन्धीत संस्थाका सदस्य बीच जिल्ला स्तरीय कार्यशालाका बक्ताले नव निर्वाचित जनप्रतिनीधिले स्थानीय नागरिकको आवाजलाई सम्बोधन गर्न कञ्जुस्याँइ गरेको गुनासो समेत गरे ।

कार्यक्रमका बक्ताले नव निर्वाचित जनप्रतिनीधिले गएको वर्षहरु जस्तो सबै नागरिकलाई समेट्ने वडा परिषदबाटै स्थानीय नागरिकको खाँचो र चासोको विषयलाई समेट्नुपर्नेमा जोड दिए । स्थानीय निकाय स्थानीय तहमा पुनसंरचनमा पुग्दा जनप्रतिनीधिले नागरिकको आवाजलाई ध्यानमा राखेका काम गर्न नसक्दा अन्योलता छाएको बताए ।

कार्यशालामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश प्रसाद बरालले पुन संरचनाको कार्यान्वयनमा नीतिगत व्यवस्थापन भई नसकेकोले केही समस्या देखिएको स्वीकार गर्दै यसको समाधानको काममा तिब्रता दिएको बताए । उनले स्थानीय तहको नागरिककाले लागि सार्वजनिक सेवा प्रदायक संस्थाको व्यवस्थापनको काममा कर्मचारीको समायोजन नीतिगत व्यवस्थापनका लागि छलफल गरिरहकोले समस्याको सम्बोधन विस्तारै हुँदै जानेमा विस्वास्त हुँन आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया