इटहरी । यामाहाको नयाँ मोडल एफजी २५ बाइक इटहरीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको छ । एमएडब्लु इन्टरप्राइजेजले बिहीबार एक भव्य समारोहबीच २५० सीसीको नयाँ मोडेलको बाइक सार्वजनिक गरेको छ । यामाहा एफजी २५ लाई सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सार्वजनिक गरेका हुन् । एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने कम्पनिको दावी छ । नयाँ बाइक तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । बाइकको बजार मूल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ छ । यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ । यसमा आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा झैं स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड छन् जसले यसलाई टप–एन्ड मोडेलको नयाँ दाबेदार बनाइदिएको तिरुपती अटो सिटिका प्रबन्ध निर्देशक संयोग पराजुलीेले बताए । 
युवा पुस्तालाई मन पर्ने स्पोर्टी लुक्समा आएको बाइकमा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको जनाइएको छ । एफजी २५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । इटहरीमा सर्वा्धिक बिक्रि गर्ने मोटरसाइकल शोरुम मध्येको एक तिरुपती अटो सिटी नेपालमै यामाहाको बाइक बढि बिक्रि गर्ने पाँचौ कम्पनि हो । तिरुपती अटो सिटिका सञ्चालक पराजुलीले आफ्नो कम्पनिलाई पहिलो बनाएरै छाड्ने बताए ।

सो अवसरमा इटहरीका लागि यामाहा डिलर तिरुपति अटो सिटीका प्रबन्ध निर्देशक संयोय पराजुली, पूर्वाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयका एस.पी. राजकुमार लम्साल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एस. पी. विद्यानन्द माझी, ईलका प्रहरी कर्यालय ईटहरी प्रमुख डि. एस. पी. संजय राउत, राष्ट्रि«य अनुसन्धान विभागका एस.पी. सोहन कुमार रौनियार, उद्योग वाणिज्य सघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष अमर खड्का, ईटहरी उ.म.न.पा.का वडा नं. ६ का वडाध्यक्ष दिपक गौतम लगायतको सहभागिता रहेकाे थियो ।

 

तपाईको प्रतिक्रिया