इटहरी भदौ १८ गते सुनसरी समाचारदाता ।

सुनसरीको धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष विस्तार नगरिदा विरामीले सास्ती भोग्नु परिरहेको छ ।
पुर्वी नेपालका साथै छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि विरामीहरु आउने प्रतिष्ठानको आकस्मिक कक्षमा वेड अभावका कारण सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको हो ।
प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक जसो एक सय पचास जना जति विरामीहरु उपचारका लागि आउने गरेका छन । तर ५० वटामा मात्र वेड भएका कारण विरामीहरुलाई भुईमा राखेर उपचार गर्ने गरेको देखिन्छ । प्रतिष्ठानमा अपतकालिन समयमा अझ धेरै विरामीहरु आउने गरेको स्वास्थ्यकर्मीहरु वताउछन । प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराई रहेका विरामीका आफन्तहरु वेड अभावमा भुईमै राखेर उपचार गराउन बाध्य हुनु परेको गुनासो गर्ने गर्दछन । यता प्रतिष्ठानको आकस्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्ल वेड अभावमा पनि विरामीहरुलाई भुई राखेर भएपनि सेवा दिदै आएको वताउ भयो । वेड अभावमा विरामीहरुले सास्ती भोग्नु परिरहेको स्वीकार गर्दै डा मल्ल उपचारका लागि असहजता हुने गरेको समेत जानकारी दिनु भयो । प्रतिष्ठानमा डा राजकुमार रौनियार उपकुलपति भएर आएसंगै आकस्मिक कक्ष विस्तार गरिने भनिएपनि अहिले सम्म विस्तारको काम हुन सकिरहेको छन । त्यसै गरी प्रतिष्ठानमा अबश्यकता अनुसार आई सि यु समेत नहुदाँ सेवाग्राहीहरु बाहिर जान बाध्य हुदै आएका छन ।

तपाईको प्रतिक्रिया