इटहरी । पुर्वाञ्चलमा पहिलो पटक लाइसेन्स प्राप्त लाइप गार्ड तथा प्रशिक्षकहरु द्धारा इटहरीको ओसियन पार्कमा पौडी तालिम हुने भएको छ । सुनसरी जिल्ला पौडी संघको आयोजनामा यही भाद्र २१ गते देखी तालिम सुरु हुने पत्रकार सम्मेलनमा सुनसरी जिल्ला पौडी संघका अध्यक्ष डम्बर तामाङ्गले बताए । उक्त तालिममा पौडीप्रेमीहरुका लागी आयोजना गर्न लागेको प्रेस विज्ञप्ती मार्फत जानकारी गर्दै इच्छुकका लागी फारम खुल्ला गरिएको पनी बताए । तालिममा सहभागी हुन प्रशिक्षार्थीले प्रशिक्षणको समयमा मादक पदार्थ सेवन गर्न नपाइने र छारे तथा मुटु रोग लागेका व्यक्तीले प्रशिक्षणमा सहभागी हुन नपाउने आयोजकले जनाएको छ । पौडी तालिममा लाइप गार्ड २५ जना र प्रशिक्षक १५ जनालाई तालीम प्रदान गरिने तामाङ्गले बताए । तालिममा सहभागि मध्ये उत्कृष्ट प्रशिक्षार्थीले निकट भविष्यमा हुन गईरहेको राट्रिय स्तरको पौडी प्रतियोतामा सहभागी हुन पाइने छन । साथै तालिम पश्चात लाइप गार्ड तथा प्रशिक्षार्थिहरुले सम्वन्धित काममा स्वदेश तथा विदेशमा रोजगारीको अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । पौडीको लागी पुर्वाञ्चलमा सात वटा स्वमिङ्ग पुल रहेको छ ।

तपाईको प्रतिक्रिया