इटहरी, । कुनैेबेला प्रहरीका लागि शान्ति सुरक्षाका निम्ति पूर्वकै चुनौतिपूर्ण पहिचानमा स्थापित इटहरी अहिले निकै शान्त सभ्य र सुसंस्कृत शहरका रुपमा विकास हुँदै गई रहेको छ । त्यही बेला भरखरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले आफ्नो पहिलो जिम्मेवारी र कर्तब्य यहाँ शान्ति सुरक्षालाई कायम राख्नु आफ्नो पहिलो जिम्मेवारी एवम कर्तब्य भएको बताउनु भएको छ ।
प्रहरी नायव उपरीक्षक राउतले आज कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा उल्लेख गर्नुहुँदै समाजमा शान्ति सुरक्षा र अमनचैन कायम गर्ने दायित्व प्रहरीको भएको तथा त्यसका लागि सञ्चार क्षेत्र तथा नागरिक समाजले पनि जिम्मेवार भएर प्रहरीलाई सघाउनु पर्ने कुरामा नै प्रहरीको सफलता रहने पनि स्पष्ट पार्नुभएको छ ।
जुनसुकै देशको राजमार्ग क्षेत्रका धेरै प्रकारका चुनौति र समस्याहरु हुने गरेको तथा इटहरी पनि त्यसबाट अछुतो रहने कुरै भएन भन्दै प्रहरी नायव उपरीक्षक राउतले कुनै बेला यहाँको सुरक्षा चुनौति बनेको यौनधन्दा लागु औषध ओसारपसार र गुण्डागर्दी अहिले केही कम देखिएको तथा यसलाई त्यही अवस्थामा राखि राख्ने दिशामा आफ्नो भरमग्दुर प्रयास हुने दावी पनि गर्नुभएको छ ।
इटहरीको आवश्यकतासँगै यहाँको सुरक्षा चुनौति बाहेकका सवै प्रकारको ब्यवस्थापन मिलाउने पक्षमा यहाँको उद्योगी ब्यापारी ब्यवसायी सञ्चारकर्मी र नागरिक समाजसँग मिलेर योजना तयार गरी त्यसको कार्यान्वयन गर्ने पक्षमा आफु सदैव सचेत रहने पनि प्रहरी नायव उपरीक्षक राउतको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया