इटहरी । पुर्वी नेपालका शहरी क्षेत्रहरुमा आवश्कता अनुसारमा सार्वजनिक शौचालयहरु नभएको कारण सर्वसाधारणहरु शौचालय जानकै लागि होटल तथा पसलहरुमा पसेर आवश्यकता नभएपनि सामान खरिद गर्न बाध्य हुदै आएका छन ।

पुर्वकै केन्द्रको रुपमा विकसीत वन्दै आएको इटहरी लगायतका शहरहरुमा अझै सम्म पनि सर्वसाधारणहरु शौचालय जानकै लागि होटलहरुमा खाना खान तथा सामान खरिद गर्न बाध्य हुदै आएका हुन ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा तिन वटा मात्र सार्वजनिक शौचालयहरु रहेका छन । उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहको तिन सार्वजनिक शौचालय मध्ये दुई वटा उपमहानगरपालिकाले सञ्चालनका लागि ठेक्का दिएर सञ्चालन हुदै आएका छन भने एउटा क्लीन इनभारोमेन्ट नामक गैरसरकारी संस्थालाई पव्लिक प्राइवेट पाटर्नसका रुपमा सञ्चालन गर्न दिइ रहेको छ । उपमहानगरपालिका क्षेत्रको मुख्य गरी बजार क्षेत्रलाई लक्षित गरी सार्वजनिक शौचालयहरु सञ्चालन नगरिएका सर्वसाधारणहरु सास्ती खेप्न बाध्य हुदै आएका छन । चौरस्तामा रहेको तथा धेरै व्यवसायीक प्रतिष्ठान रहेका कारण पनि इटहरी आसपासका क्षेत्रबाट समेत मानिसहरु सामान खरिद गर्नका लागि आउने भएपनि इटहरीमा प्रयाप्त शौचालय नभएको स्थानीय गुनासो गर्दछ । बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण सर्वसाधारणले सास्ती पाएको भन्दै तत्कालिन इटहरी नगरपालिकाले घुम्ती शौचालय बनाएपनि सञ्चालन नआई प्रयोग विहिन बन्न पुगेको थियो । भएका सार्वजनिक शौचालयहरुमा पनि हुनु पर्ने जस्तो सफाई गरिएको पाइदैन । उपमहानगरपालिका क्षेत्रमा रहेका तिन सार्वजनिक शौचालय मध्ये वस पार्क क्षेत्रमा रहेका दुई मध्ये क्लीन इनभारोमेन्टले सञ्चालन गरेको केही व्यवस्थित देखिएपनि उपमहानगरपालिकाले ठेक्का लगायका शौचालयहरु भने अव्यवस्थित र दुर्गधित अवस्थामा रहेको पाइन्छ । हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा विजय हासिल गरेपछि उपमहानगरपालिकाका मेयर तथा उपमेयरले चाडैं नै घुम्ती शौचालय सञ्चालनमा ल्याउने पहिलो निर्णय गरेका भएपनि हाल सम्म पनी घुम्ती शौचालयका लागि प्रक्रिया समेत अघि नबढेको उपमहानगरपालिका स्रोतले जनकारी दिएको छ ।

तपाईको प्रतिक्रिया