इटहरी । सशस्त्र प्रहरीमा भर्ना खुलेपछि पुर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकलीमा आवेदन दिनहरुको भिड लाग्न थालेको छ ।

सशस्त्र प्रहरी जवान २३ सय र परिचर २सय जनाको माग भएपछि पुर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालयमा समेत दरखास्त दिन पाउने व्यवस्था गरिएपछि आवेदनहरुको भिड लाग्न थालेको हो । आवेदन दिन पुर्वका प्राय सवै जिल्लाहरुबाट समेत दैनिक आउने युवायुवतीहरुको संख्या बढ्न थालको छ । यही भाद्र २८ गते सम्म आवेदन दिने समय सिमा तोकिएको छ भने आवेदन दिन आउनेहरुको संख्या धेरै हुने गरेको तथा मुख्यालय पुर्वी पश्चिम राजमार्गसंगै जोडिएका कारण निवेदन दिनेहरुको आवतजावतलाई सहज वनाउने उदेश्यले सडकमा जेब्राक्रस निर्माण गरिएको छ । सशस्त्र प्रहरीले नै आवेदकहरुको भिडलाई मध्यनजर गर्दै दुर्घटना नहोस भन्नका लागि राजमार्गमा जेब्राक्रस निर्माण गर्ने काम गरेको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया