इटहरी १४ भदौ । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को १३ औँ राष्टिय सम्मेलन पहिलोपटक सुनसरीको इटहरीमा आज बिहिबारबाट सुरु हुने भएको हुदैछ । सार्क टेक्नोलोजी सेन्टरको कार्यलय समेत रहेको इटहरीमा आयोजना हुन लागेको सो कार्यक्रमको तयारी सम्पुर्ण रुपमा पुरा भएको आयोजक समितिको ब्यबस्थापन संयोजक तथा डिनका केन्द्रिय सदस्य जीवन घिमिरेल बताए । सदैब ५ तारे होटलमा हुँदै आएको कार्यक्रम पहिलोपटक उपत्यका बाहिर हुँन लागेको आयोजक सस्थाले जनाएको छ । सार्क टेक्नोलोजी सेन्टरको कार्यलय समेत इटहरीमै भएको र पहिलोपटक उपत्यका बाहिर पनि कार्यक्रम गरौँ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको डिनका केन्द्रिय अध्यक्ष कामेश्वर प्रसाद सिंहले बताए ।
देशभरिमा २५ हजार भन्दा बढी सदस्यहरु रहेको यस सम्मेलनमा पर्यबेक्षकका रुपमा बंगलादेश,भारत र श्रीलंकाबाट ७ जना सहभागी हुने र उपप्रधान तथा स्थानियबिकाश मन्त्रि माननिय बिजय कुमार गच्छदार सहित देशभरका स्थानीय निकायबाट ४ सय ५० जना इन्जिनियरहरु सहभागी हुने बताइएको छ । कार्यक्रममा सदस्यहरुको क्षमताबृद्धिका लागी अन्तराष्ट्रियस्तरको सेमिनार, आयोजना गरिएको छ । स्थानीय तहमा भौतिक पुर्वाधार बिकास,सम्भावना र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा डिनका संस्थापक सदस्यहरु देबेन्द्र बहादुर कार्की र जीवन कुमार श्रेष्ठलाई सम्मान गरिने कार्यक्रम रहेको छ । यसैगरी ३ बर्षे कार्यकालका लागी निर्बाचन समेतका कार्यक्रम रहेका छन । कार्यक्रम सम्पन्न्न गर्नका लागि २६ लाख जति खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । कार्यक्रम ब्यावस्थापनका लागि सेमिनारका लागी हल,पाहुनाका लागी होटल बुक गरिसकिएको एवम सेमिनारमा प्रस्तुत हुने कार्यपत्र,छपाई लगायतका सम्पुर्ण तयारी पुरा भएको आयोजक डिनले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया