इटहरी इटहरीका बाढीपीडितलाई चारुमती बुद्धिष्ट मिसन नेपाल र चारुमती बुद्ध विहारले राहत प्रदान गरेका छन् । साउन २७ गते आएको बाढीबाट विस्थापित भएका नेपाल तामाङ घेदुङ्ग इटहरी ७ मा रहेको कार्यलयमा भेला गरी बाढीपीडितलाई राहत वितरण गरिएको हो । मानवीय सेवानै सबैभन्दा ठुलो धर्म भएकाले हामी काठमान्डौमा रहेर पनी इटहरीका बाढीपीडितलाई सहयोग गर्न राहत सामाग्री सहीत इटहरी आएको भारुमती चारुमती बुद्धिष्ट मिसन नेपालका संस्थापक अध्यक्ष भिक्क्षृ तपस्वी धुम्बाले बताउनु भयो । पाच लाख बराबरको को राहत इटहरीका वडा नंम्ब ३,४,५,९ र १० का बाढीपीडित तथा विस्थापितलाई राहत वितरण गरेको उनले बताए । संस्थाले प्रती परिवार रु एक हजार बरारबरको म्याट,कपडा, तेल,चामल,दाल,चिउरा लगायत संस्थाले वितरण गरेको छ । नेपाल तामाङ घेदुङ्ग इटहरीको व्यजस्थापनमा वाढीले क्षति पुर्याएपछि विस्थापीत बन्न पुगेकाहरुलाई सहयोग पुगोस भनेर विभिन्न दैनीक उपभोग्य सामाग्री वितरण गरेको चन्द्र गुमदेनले बताए ।

 

तपाईको प्रतिक्रिया