गोपाल काफ्ले पथरी/भदौ १३
पुर्वी मोरङको उर्लाबारीस्थित नमुना बाल गृहले दुर्गम जिल्लाका अनाथ बालबालिकालाई आश्रय दिएर ठुलो पुन्य कमाउन सफल कहलीएको छ । बाबु आमा नभएका वा बा आमा बाट बन्चीत भएका ४३ जना बालबालिकी आमा भएर मिनादेवी बराल उदारणिय बनेर सेवा दिदै आउनु भएको छ । अहिले बाल गृहमा ४३ जना बालबालिका आज कस्ले के दिन्छ भनी परखाईमा हुने गरेका छन ।
उत्त बालबालिकाहरुलाई एक दिनको खाना मात्र खुवाउन पाउदार र सेवा गर्दा आत्माम सान्ती मिल्ने मनोसायले मोरङ बस ब्यावसायीक संघले भदौ १२ गते एक छाक खाना खुवाएको छ भने आउला दिनमा सकेको सहयोग गर्ने प्रतिबद्धदा महा सचिब बिरेन्द्र प्रसाईले ब्याक्त गर्नु भएको छ ।
आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिका यहाँ छन् ।
संस्थाकी संचालीका तथा ४३ बालबालिकाकी आमा मिना बरालले मोरङ बस व्यावसायीक संघले गरेको सहयोगको प्रसंसमा गर्दै आउदा दिनमा माछा नदिएर माछा मार्ने बल्छीको ब्यावस्था मिलाईदीन हार गुहार गर्नु भएको छ । उक्त बालबालिका लाई आफ्नै बालबालिका संझेर उनिहरुको भबिस्यको सुनिस्चीत हुने कार्यमा सबै पक्ष बाट सोचिदिन अनुरोध गर्नु भएको छ ।
आफूले सानैमा विवाह गर्दा भोगेका पीडालाई सम्झिएर अरु अनाथ बालबालिकाले त्यस्तो पीडा भोग्नु नपरोस् भन्ने उद्देश्यले विसं २०५७ देखि उहाँको सोचमा उर्लाबारीमा नमूना बालगृह (आश्रम) स्थापना भयो । सुरुमा सात अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको उक्त बालगृहमा अहिले तीन वर्षदेखि १९ वर्षसम्मका ४३ बालबालिका बस्छन् जसमा २०÷२५ जिल्लाका चेपाङदेखि लोपोन्मुख सन्थाल जाति गरी १५ जातजातिका छन् ।

तपाईको प्रतिक्रिया