इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाले सफा र स्वस्थ पानी सवैका लागि सँधैका लागि भन्ने नाराकासाथ १३ औ परिषद् बैठक तथा साधारणसभा कार्यक्रम सम्पन्न भएको छ ।
इटहरी उपमहा नगरपालिका र यस आसपासका क्षेत्रहरुलाई लक्षित गरि निर्माण भएको इटहरी खानेपानी उपभोक्ता संस्थाले स्वच्छ खानेपानीको आपुर्तिमा दिँदै आएको छ। अहिले १३ हजार १ सय ६९ घरमा पानी जडान गरेको साधारणसभामा संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आगामी दिनमा २ हजार ५ सय घर परिवारमा थप धारा विस्तारको योजना रहेको इटहरी खानेपानी उपभोक्ता संस्थाले हाल पानी बितरण भएका उपभोक्ताहरुले स्वस्च र गुणस्तरीय पानी उपभोग गरे बापत बार्षिक ५ करोड ५६ लाख बढि पानी महसुल बुझाउँदै आएको पनि अध्यक्ष चौलागाईको प्रतिबेदनमा उल्लेख छ ।
चारलाख पचास हजार लिटर क्षमताका तीनवटा ओभरहेड टङ्की मार्फत इटहरीबासीलाई पानी आफुर्ति गर्दै आएको संस्थाले उपमहानगरमा समेटिएको खनार र हाँसपोसा क्षेत्रमा नयाँ बनेका र बन्दै गरेको खानेपानी योजनाहरुलाई समेत एकिकृत गरेर थप प्रभावकारी ढङ्गले खानेपानी आपुर्तिको ब्यवस्थापन गर्ने तयारी गरिरहेको अध्यक्ष चौलागाईले बताए । सोही कार्यक्रममा साहयक मिटर रिडर भरतराज गोलेलाई १३ हजार १ सय १ रुपैयाँ नगद सहिद सम्मान गरेको छ भने ए ग्रेड थप गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यमा भएको साधारणसभा समारोहमा उद्योग बाणिज्य सङ्घ इटहरीका अध्यक्ष लीलम बस्नेत नेपाली काङ्ग्रेसका नेता प्रकाश बस्नेत र भद्राकुमारी थापा लगायतले साधारणसभामा आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया