विराटनगर, १३ भदौ । नेकपा एमाले मोरङले रंगेली नगरपालिकाको २ दर्वेशामा आज निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । रंगेली २ दर्वेशामा गरिएको स्वास्थ्य शिविरमा ३सय ५२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण पछि औषधी पनि वितरण गरिएको छ । करिव १ लाख वरावरको औषधि वितरण गरिएको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो । एमाले निकट पेशागत महासंघ र राष्ट्रिय स्वास्थ्यकर्मी संघको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा कोशी अञ्चल अस्पताल,औषधी व्यवसायी संघ, जनस्वास्थ्य कार्यालय मोरङ लगायतको प्राविधिकले सहयोग रहेको मोर्चा विभागका प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो । बाढीका कारण प्रभावितहरुमा ज्वरो , निमोनिया , झाडापखाला ,साथै छाला सम्वन्धि रोगको उपचार भएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया