मास्क नलगाई आवतजावत गर्नेहरुलाई सेभेनस्टारले मास्क वितरण

मास्क नलगाई आवतजावत गर्नेहरुलाई सेभेनस्टारले  मास्क वितरण
इटहरी । सुनसरीको इटहरीमा मास्क नलगाई आवतजावत गर्नेहरुलाई सेभेनस्टार क्लवले मास्क वितरण गरिएको छ । मानिसबाट मानिसमा सजिलै सर्ने कोरोना भाईरसको संक्रमण नफैलियोस भनेर घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन नेपाल सरकारले आग्रह गर्दै आएपनि मास्क नलगाउनेहरुलाई लबिपुरमा क्लवले मास्क वितरण गरेको हो । लबिपुर क्षेत्रमा मास्क नलगाई हिडडुल गर्ने पैदल यात्री तथा सवारी साधानमा यात्रा गर्नेहरुलाई रोकेर स्वास्थ्...

शनिबार थपिए ७० जना नयाँ संक्रमित, कोरोनाले काठमाडौंमा ३ जनाको मृत्यु

शनिबार थपिए ७० जना नयाँ संक्रमित, कोरोनाले काठमाडौंमा ३ जनाको मृत्यु
शनिबार नेपालमा थप ७० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । त्यस्तै शनिबार तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले काठमाडौंको केएमसी अस्पतालमा एक जना र ललितपुरक...

कोरोनाबाट नेपालमा थप तीन जनाको मृत्यु

कोरोनाबाट नेपालमा थप तीन जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, काठमाडौँकै गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

छथरजोरपाटी गाउँपालिकाले दुहुना गाई उपहार दिन शुरू

छथरजोरपाटी गाउँपालिकाले दुहुना गाई उपहार दिन शुरू
धनकुटा । धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाले वसाई सराई गरि जाने क्रमलाई रोक्न दुहुना गाई उपहार दिन शुरू गरेको छ । स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालिएको छथरजोरपाटि गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनुभयो । उत्पादन मुलक जमिन बझिन गएकाले बाँझो जग्गाको सदुपयोग गर्न यस चालू आर्थिक वर्षमा छथरजोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाइँ सरी आएका ९ जनाको परिवारल...

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

कोशीमा बाढी आउँदा रमाउनेहरू (हेर्नुहोस तस्वीरमा)

कोशीमा बाढी आउँदा रमाउनेहरू (हेर्नुहोस तस्वीरमा)
इटहरी , कसैको लागी सप्तकोशी नदी पिडा र चिन्ताको विषय बनेको छ बने कोशी आसपासमा रहेको केही घरपरीवारको मानीसहरुको लागी आम्दानीको स्रोत बनेको छ । वर्षा याम सुरु भएसँगै ज्यानको कुनै प्रवाह नगरि कोशीमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न उनीहरुलाई यतीवेला भ्याइनभ्याइ छ । घरमा आर्थिक अभावका कारण दाउरा संकलनका लागि उनिहरु वर्षौ देखी जोखिम मोल्दै आएका छन । कोशी व्यारेजमा खोलिएका ढोकामाथि दैनिक उनीहरु ...

साहारा नेपालसंग झापाका चार सहकारी संस्थाहरु एकिकरण

साहारा नेपालसंग झापाका चार सहकारी संस्थाहरु एकिकरण
इटहरी । सहकारी संस्थाहरु एकीकरण हुने नयाँ मापदण्ड अनुसारमा प्रदेस नम्बर १मा पहिलो पटक पाँच सहकारी संस्थाहरुविच विधिवत एकीकरण भएका छन । झापाको विर्तामोडमा रहेको साहारा नेपालसंग झापा जिल्लामै कार्यक्षेत्र भएका चार सहकारी संस्थाहरु एकिकरण भएका हुन । एक वर्ष अघि देखिनै सहकारीहरु मर्जको योजना वनाइएको भएपनि हाल भएर अन्य सहकारीहरु मर्ज हुन सफल भएको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हर...

लागुऔषधको नेटवर्क चिर्न सुनसरी प्रहरीको स्विप अप्रेसन

लागुऔषधको नेटवर्क चिर्न सुनसरी प्रहरीको स्विप अप्रेसन
इनरूवा । सुनसरी हुँदै देशका विभिन्न स्थान सम्म लागुऔषध पुग्ने गरेको पाइएपछि यतिबेला भने सुनसरी प्रहरीले लागुऔषध विरुद्धको स्विप अप्रेशन नै चलाएको छ ।सुनसरी प्रहरीले पछिल्लो दुई महिनामा लागुऔषध कारोबारीको निकै ठुलो नेटवर्कको पर्दाफास समेत गरेको छ । भारतमा रही नेपाल तर्फ लागुऔषध सप्लाई गर्ने देखी सुनसरी हुँदै नेपालका विभिन्न शहर सम्म लागुऔषध पुर्याउने कारोबारीलाई प्रहरीले समात्न सफल भएको छ ।सुनसरी ...

खोलाको डरले राति जागै बस्न थाले इटहरी बासी

खोलाको डरले राति जागै बस्न थाले इटहरी बासी
इटहरी/ अविरल वर्षाका कारण इटहरी उपमहानगरपालिकाका केहि क्षेत्र डुबानमा पर्न थालेका छन् । पटक पटक डुबानमा पर्न थालेपछि स्थानीय सरकार इटहरी उपमहानगरले टेंग्रा खोलाको मुहान सेरामा बाध र्निमाणको कामलाई तीव्रता दिए पनि वर्षासँगै आएको भेल र बाढीले टेंग्राको डिल कटान गर्दै गाउँ प्रवेश गरेर डुबान गर्ने गरेको छ । गत २०७४ साउन २७ गते आएको भीषण बाढीले इटहरीको विभिन्न क्षेत्र डुबानमा पार्नुका साथै इटहरी ४ ग...

सप्तकोशी नदीमा पानीको बहाव उच्च, रातो बत्ती बालियाे (तस्वीरहरु सहित)

सप्तकोशी नदीमा पानीको बहाव उच्च, रातो बत्ती बालियाे (तस्वीरहरु सहित)
पहाडी भेगमा केही दिनयता अविरल वर्षाको क्रम जारी रहदा सप्तकोशी नदिमा पानीको बहाव उच्च मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शनिबारको पछिल्लो मापन अनुसार पानीको बहाव २ लाख ६१ हजार ३ सय १५ क्युसेक पुगेको छ । जुन यो वर्षको अहिलेसम्म उच्च हो । व्यारेजको ५६ ढोका मध्य ३६ वटा खोलिएको छ ।  पानी पर्ने क्रम जारी रहेकोले पानीको बहाव थप बढ्ने अनुमान गरिएको छ । हरेक घण्टैपिच्छे पा...