ल्याण्डफिल्ड साइडमा फोहोर फाल्ने तयारी गरिएको भन्दै स्थानीयको विरोध

ल्याण्डफिल्ड साइडमा फोहोर फाल्ने तयारी गरिएको भन्दै स्थानीयको विरोध
मोरगं ।  उत्तरी मोरगंका ५ वटा स्थानीय तहको फोहोर फाल्ने तयारी सुन्दरहरैंचा नगरपालिका ४ बडहरामा गरिएको भन्दै स्थानीयले विरोध जनाउन थालेका छन । बडहरामा रहेको ल्याण्डफिल्ड साइडमा अन्य स्थानीय तहका समेत फोहोरहरु फाल्ने तयारी गरिएको भन्दै स्थानीयले विरोध थालेका हुन । सुन्दरदुलारी नगरपालिका भएकै समयमा नगरक्षेत्रको फोहोर फाल्ने गरी ल्याण्डफिल्ड साइड वनाउने निर्णय भए बमोजिम सुन्दरहरैंचा नगरपालिक...

तोलाको १ लाख ३ हजार ५ सय पुग्यो

तोलाको १ लाख ३ हजार ५ सय पुग्यो
शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । सुनचाँदी व्यासायी महासंघका अनुसार बिहीबार तुलनामा १ हजार रुपैयाँले वृद्धि भएर सुनको उक्त मूल्य कायम भएको हो । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ रहेको थियो । पछिल्लो समय कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रमा लगानी गर्न असु...

उपचाररत् कोरोना संक्रमितको मृत्यु

उपचाररत् कोरोना संक्रमितको मृत्यु
पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार वीरगन्ज निवासी उनको बिहीबार साँझ मृत्यु भएको हो। उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो। डा. शर्माले मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या रहेको बताए। स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको हो। त्यस्तै सिर...

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक युवाको मृत्यु

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक युवाको मृत्यु
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ । बुधबार राति करिब १० बजे उनको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले सिकिस्त उनको उपचारका क्रममा मृत्यु भएको बताए । कोरोना भाइरस संक्रमणका कारण सिरहाका युवकको मृत्यु भएको हो । गोलबजार नगरपालिका–१२ का २५ वर्षीय युवकको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा गत १९...

पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

पहिरोमा पुरिएर आमा–छोराको मृत्यु
पहिरोमा पुरिएर गएराति बैतडीमा आमाछोराको मृत्यु भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–४ बलालीका पहिरोले घर पुरिँदा स्थानीय ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए। बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको घटनास्थलमै मृत्यु भएको हो। पशिुपतीकी छोरीहरु १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले...

माई खोलाले बगाएर १ जना बेपत्ता

माई खोलाले बगाएर १ जना बेपत्ता
ईलाम, ईलामको माई नगरपालिका-२ का १४ बर्षीय बालक रुबिन मगर माई खोलाले बगाएर बेपत्ता भएका छन् । गाई बस्तु हेर्न गएका मगर बिहिवार दिउँसो ४ बजेको समयमा माई खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएको भन्ने जानाकरी पाए लगत्तै प्रहरी चौकी दानावारीबाट प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

करेन्ट लागेर धरानका केशरको मृत्यु

करेन्ट लागेर धरानका केशरको मृत्यु
सुनसरी, सुनसरीको धरान उपमहानगरपालिका-१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका गुरुङलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
झापा, झापाको कमल गाउँपालिका-५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको छ । आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुर्‍याएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इटहरी उप-मेयरको कोरोना रिपोट नेगेटिभ , प्रदेश १ मा ६६ सङ्क्रमित थपिए

इटहरी उप-मेयरको कोरोना रिपोट नेगेटिभ , प्रदेश १ मा ६६ सङ्क्रमित थपिए
इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । गत साउन १५ गते उपमहानगरका इञ्जिनियरलाइ कोरोना पुष्टि भएपछि कर्मचारी सहित अन्यको पिसिआर टेस्टलाइ तिब्रता दिइएको थीयो । यसै क्रममा उपमेयर गौतमले गत साउन २० गते पिसिआर पदतिबाट स्वाब संकलन गरीएको थीयो । बिहीबार आएको रिपोर्ट अनुसार उपमेयर गौतमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यसैबिच इटहरी ५ का २७ वर्षका एक युव...

संसद सचिवालयका प्रवक्तालाई पनि कोरोना संक्रमण

संसद सचिवालयका प्रवक्तालाई पनि कोरोना संक्रमण
काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पनि काेराेना भाइरस (काेभिड १९) बाट संक्रमित भएका छन् । प्रवक्ता पाण्डे वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका थिए । उनीसँगै गएका अध्ययन उपसमितिका संयाेजक प्रदीप यादवलाई संक्रमण पुष्टि भएपछि टाेलीका सबैकाे स्वाब परीक्षण गरिएकाे थियाे । परीक्षण गरिएकामध्ये पाण्डेकाे मात्रै रिपाेर्ट पाेजेटिभ आ...