जन्मिनेबित्तिकै रुवाउन खोज्दा शिशु रिसाए पछि………

जन्मिनेबित्तिकै रुवाउन खोज्दा शिशु  रिसाए पछि………
एजेन्सी- जन्म हुनासाथ चिकित्सकहरु बच्चाहरुलाई रुवाउने प्रयास गर्छन्। बच्चाको फोक्सो कति स्वस्थ छ र कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन नवजात शिशुलाई रुवाउने गरिन्छ। ब्राजिलको रियो डि जेनेरियास्थित एक अस्पतालमा १३ फेब्रुअरीमा एक बालिकाको जन्म भयो। जन्मिनासाथ रुनुपर्नेमा बालिका रोइनन्। चिकित्सकहरु उनलाई रुवाउने प्रयास पनि गरे, तर सकेनन्। बच्चा नरोएपछि पहिले नाभी काट्ने निधोमा चिकित्सकह...

टर्कीमा ५.७ रेक्टर स्केलको भूकम्प

टर्कीमा ५.७ रेक्टर स्केलको भूकम्प
टर्कीमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर ५.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षती भएको सूचना भने प्राप्त भएको छैन ।

चीनमा कोरोना महामारी : २ हजार ३४८ जनाको मृत्यु

चीनमा कोरोना महामारी : २ हजार ३४८ जनाको मृत्यु
चीनमा फैलिएको कोरोना महामारीको प्रकोपका कारण शनिवारसम्म २ हजार ३४८  जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना भाइरसको विभिन्न  प्रान्तमा फैलिएको प्रकोपका कारण शनिवार विहानसम्म २ हजार ३४८  जनाको मृत्यु  भएको छ भने ७६ हजार ३००  जनामा संक्रमण देखिएको छ । स्वास्थ्य आयोगलाई  उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार शुक्रवार १०९ जनाको मृत्यु भएको छ भने ३९७...

कुकुरलाई बनाइयो मेयर, न्यायाधीशले खुवाए सपथ

कुकुरलाई बनाइयो मेयर, न्यायाधीशले खुवाए सपथ
अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो । बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो । गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् । कुक...

तमिलनाडुमा सडक दुर्घटना, २० जनाको मृत्यु

तमिलनाडुमा सडक दुर्घटना, २० जनाको मृत्यु
भारतको तमिलनाडुको तिरुपुर जिल्लामा केरल राज्य परिवहनको बस र एक ट्रक ठोकिँदा २० जनाको मृत्युृ भएको छ । दुर्घटना बिहीवार बिहान अविनाशी बस्ती नजिक भएको हो । यात्रुबसबाट शवहरू निकालेर तिरुपुर जिल्ला अस्पताल लगिएको छ । बस बेंगलुरुबाट तिरुवनन्तपुरम गइरहेको थियो । अविनाशीका डेपुटी तहसीलदारले मर्नेहरूमा १४ पुरुष र ६ महिला छन् । भयंकर दुर्घटनामा बसको अघिल्लो भागलाई ट्रकले पूरै किचेको छ । दु...

युवतीको तस्बिर पठाएर दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक

युवतीको तस्बिर पठाएर दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक
युवतीको तस्बिर पठाएर आफ्ना दर्जनौँ सैनिकको स्मार्टफोन ह्याक गरिएको इजरायली सेनाले जनाएको छ । सेनाका एक प्रवत्ताका अनुसार सैनिकहरुलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्नका लागि लोभ्याइएको थियो । तर सैनिकहरुले त्यो एप्लिकेशन डाउनलोड गर्दा फोन ह्याक हुनसक्छ भनेर थाहा पाएनन् । इजरायली सेनाले हमास सङ्गठनसँग जोडिएका मानिसहरुले आफ्ना सैनिकको स्मार्टफोन ह्याक गरेको बताए...

निर्भया मुद्दाका ४ दोषीलाई फाँसी दिने निश्चित

निर्भया मुद्दाका ४ दोषीलाई फाँसी दिने निश्चित
दिल्लीको पटियाला हाउस अदालतले निर्भया मुद्दाका अपराधीलाई फाँसी दिन नयाँ मृत्यु वारेन्ट जारी गरेको छ । सोमबार अदालतले सो प्रकरणमा दण्ड सजाय सुनाइएका ४ जनालाई ३ मार्चमा फाँसी दिने फैसला सुनाएको हो । यसभन्दा पहिले पनि अदालतले उनीहरुमाथि दुईपटक फाँसीको मिति तोकेको थियो, तर पटक पटक स्थगित हुँदै आएको थियो । सोमबार जारी गरिएको पछिल्लो मृत्यु वारेन्टअनुसार अदालतले चारजना दोषीलाई ३ मार्च बिहान ६ बजेको समय...

कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
विश्व स्वास्थ्य संगठनले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले शनिबार आयोजित ५६औँ म्युनिख सुरक्षा सम्मेलनमा बोल्ने क्रममा यस्तो आह्वान गरेका हुन् । “हामी सबै एउटै तरिकाले लाग्नु पर्दछ, नकी एक्ला एक्लै,” उनले जोड दिएर भने । उनले सबै देशहरुले एक अर्कालाई घृणा गर्ने र आलोचना गर्ने कार्य तत्काल ब...

उत्तर प्रदेशमा भएको बस दुर्घटनामा १६ को मृत्यु

उत्तर प्रदेशमा भएको  बस दुर्घटनामा १६ को मृत्यु
भारतको उत्तर प्रदेश (आगरा–लखनऊ सडकखण्ड) मा बुधबार राति भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । सडक किनारमा रोकिएको ट्रकलाई बसले ठक्कर दिएपछि भएको दुर्घटनामा २९ यात्री घाइते भएका छन् । तीनजनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले बताएको छ । बस दिल्लीबाट बिहारको मोतिहारी गइरहेको थियो ।

लव आजकाल’को धेरैजसो अंतरङ्ग दृश्य हटाईयो

लव आजकाल’को धेरैजसो अंतरङ्ग दृश्य हटाईयो
बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अलीद्वारा अभिनित फिल्म  ‘लव आजकाल’को धेरैजसो अंतरङ्ग दृश्य हटाईएको छ । भारतको सेन्सर बोर्डले फिल्मलाई यू/ए सर्टिफिकेट दिँदै  अंतरङ्ग दृश्य हटाउन निर्देशन दिएको हो । रिपोर्टका अनुसार बोर्डले फिल्मको सुरुवाती चुम्बनको दृश्यलाई घटाइदिएको छ । एउटा अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिनुका साथै एक अंतरङ्ग पललगत्तै देखाइएको क्लिभेज भिजुअललाई ब्लर ...