पब्जी खेलले लियो ज्यान ( यस्तो  छ कारण )

पब्जी खेलले लियो ज्यान ( यस्तो  छ कारण )
मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा मे २८ मा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए । सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिल्लाएको उनका पिताले बताए ।

मेक्सिकोमा पर्यटक बस दुर्घटना २१ जनाको मृत्यु

मेक्सिकोमा पर्यटक बस दुर्घटना २१ जनाको मृत्यु
मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना लगत्तै बसमा आगलागी भएको थियो । स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रागरिरहेका व्यक्तिहरुको उद्धार गरेको बताइएको छ। घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प...

बालबालिकामाथि अन्दाधुन्दा चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु

बालबालिकामाथि अन्दाधुन्दा चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु
जापानमा आक्रमणकारीले बालबालिकामाथि अन्दाधुन्दा चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ ।अन्य १८ जना घाइते भएका छन्। मंगलबार बिहान स्कूल बस पर्खिरहेका बालबालिकामाथि आक्रमणकारीले चक्कु प्रहार गरेको जनाइएको छ। घाइतेहरु मध्ये १६ जना स्कूले बालिकाहरु रहेको बताइएको छ । भने मृत्यु हुनेमा एक १२ वर्षीय बालिका र एक ३९ वर्षीय पुरुष रहेका छन् । आक्रमणपश्चात आक्रमणकारीले आफैंलाई चक्कु प्रहार गरी आत्मह...

उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प

उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प
उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकलका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनास बाट ८० किलोमिटर दक्षिणपूर्वमा रहेको छ। स्थानीयहरुले राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । क्षतिबारेको विस्तृत विवरण भने आएको छैन् ।

बेलायतकी प्रधानमन्त्री टरिजा मे द्धरा राजिनामा

बेलायतकी प्रधानमन्त्री टरिजा मे द्धरा राजिनामा
बेलायतकी प्रधानमन्त्री टरिजा मे ले शुक्रबार एक सम्बोधन गर्दै नेतृत्वबाट बाहिरिने घोषणा गरेकि छन्। उनले यूरोपेली संघ (इयू)  बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै सांसदहरूलाई विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजिनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। उनले कन्जर्भेटिभ नेताका रूपमा आगामी जुन ७ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिने बताएकि छिन् । ...

कोचिङ भवनमा आगलागी हुँदा २१ विद्यार्थीको मृत्यु : ११ विद्यार्थी गम्भीर घाइते

कोचिङ भवनमा आगलागी हुँदा २१  विद्यार्थीको मृत्यु : ११  विद्यार्थी गम्भीर घाइते
गुजरातको राजधानी सूरतस्थित एक व्यवसायिक कोचिङ भवनमा आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी भएको हो । आगलागीमा जलेर २० जना विद्यार्थी को र हाम फाल्दा एक जना विद्यार्थी को मृत्युभएको छ । मृत्यु हुनेमा १८ जना किशोरी र ३ जना किशोर रहेका छन् ।  आगलागीमा परी ११ विद्यार्थी गम्भीर घाइते भएका छन् । कोचिङ कक्षामा ४० देखि ४५ विद्यार्थी सामेल रहेक...

मोदी गठबन्धनले ऐतिहासिक सफलता

मोदी गठबन्धनले ऐतिहासिक सफलता
लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । यससँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ । जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्याउन सकेन । नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो । मोदीको गृह प्रदेश...

बंगलादेश सरकारले माछा मार्न प्रतिबन्ध

बंगलादेश सरकारले माछा मार्न प्रतिबन्ध
बंगलादेशको सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाएको छ। सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ । तर, हजारौंको संख्यामा रहेका माछा मार्ने समुदाय भने सरकारी निर्णयको विरो...

आइएस समूहका नेता बग्दादीको भिडियो सार्वजनिक

आइएस समूहका नेता बग्दादीको भिडियो सार्वजनिक
इस्लामिक बिद्रोही समूह ‘आइएस’ले पाँच वर्षपछि आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेकोमा आक्रोश ब्यक्त गर्दै त्यसको बदला लिने चेतावनी दिएका छन् । भिडियोमा उनले आइएस पकड रहेको अन्तिम क्षेत्र इराकको बाघुजमा भएको हार पनि स्वीकार गरिएको छ । सो भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट नभएपनि आइएसले भने अप्रिलमा लिइएको ज...

विश्वका सबैभन्दा शक्तिशाली १० गुप्तचर एजेन्सी

विश्वका सबैभन्दा शक्तिशाली १० गुप्तचर एजेन्सी
गुप्तचर एजेन्सी केवल अन्य देशको गुप्तचरी मात्र गर्दैनन्, आफ्नो देश विरुद्ध रचिने विभिन्न योजनाबारे जानकारी जुटाएर निष्फल पनि पार्छन्। यी हुन् विश्वका सबैभन्दा चर्चित अनि शक्तिशाली १० गुप्तचर एजेन्सीहरु १. सीएसआईएस (क्यानेडा) – क्यानेडियन सेक्युरिटी इन्टिलिजेन्ट सर्भिस ९सीएसआईएस० को स्थापना पहिलेको रोयल क्यानेडियन पोलिसको सट्टामा सन् १९८४ मा भएको थियो। यो सिआईए झै सञ्चालन हुने सिभिलियन एजेन्सी ह...