काठमाण्डौं, बैशाख / राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पुर्याउन चुनावी सभा सुरु गरे सँगै कलाकारीता पछी राजनितीमा एकाएक चर्तामा आएकी युवा नेतृ रेखा थापा देश दौडाहमा निस्कने भएकी छन ।
देशका सबै अञ्चलमा गरिने उक्त सभामा पार्टीका आदर्श तथा चुनावी रणनीतिका बारेमा स्थानीय जनतालाई बुझाइने अञ्चलस्तरीय निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत राप्रपाले बैशाख ६ गते चितवनको भरतपुर , ७ गते मकवानपुरको हेटौँडा र १० गते भौरवाहमा हुने चुनावी सभा गर्ने पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिलामन्त्री कमल थापा तथा पूर्व प्रधानमन्त्री चन्द र पूर्व राष्ट्रिय अध्यक्ष जबरा सहित केन्द्रय सदस्य रेखा थापा लगायतले संबोधन गर्ने राप्रपाले बताएको छ । बैशाख ६ गते चितवनको भरतपुर , ७ गते मकवानपुरको हेटौँडा र १० गते भौरवाहमा सबैलाई उपस्थीत भइदिन रेखा थापाले युटुब्व बाट सबैलाई निमन्त्रणा समेत गरेकी छन । हेर्नुहोस भिडियो !

तपाईको प्रतिक्रिया