आज चैत्र १३ गते बेलुका ६ बजे सम्म १ नम्बर प्रदेशका बिभिन्न स्थानहरुमा स्थापना गरिएका क्वारेन्टाईन गृह हरुमा कोरोना भाईरसको आशंका गरिएका १५२ जनाले स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पतालको क्वारेन्टाईनमा १४ जनाको उपचार भईरहेको छ यसैगरी होम क्वारेन्टाईनमा ७१ जनालाई राखिएको छ । नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा आज मात्र लक डाउनको उल्लघंन गरी सवारी साधन चलाउने ५२ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी २२७ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।

प्रदेश नम्बर १ काे अाज साँझ ८ बजेसम्मकाे अबस्था
१) अस्पतालहरूमा Isolation मा रहेकाे संख्या : १४ जना
मेची अञ्चल अस्पताल झापा : १ जना
काेशी अञ्चल अस्पताल, विराटनगर : ३ जना
वीपी प्रतिष्ठान, धरान ७ जना ( एक चिनियाँ नागरिक सहित )
खाेटाङ्ग अस्पताल, दिक्तेल : ३ जना
२) Quarantine मा रहेका व्यक्तिकाे संख्या :- १५२ जना
झापा : ५१
माेरङ्ग : ६१
उदयपुर : २७
इलाम : ६
सनसरी : ३
ताप्लेजुङ : ३
तेह्रथुम :१
( १५२ जना सबैकाे स्वास्थ्य स्थिति सामान्य रहेकाे )
३) सुरक्षा, प्रशासन तथा स्वास्थ्य निकायकाे निगरानीमा Home Quarantine मा रहेकाे संख्या : ७० जना
झापा : ५० जना
माेरङ्ग : ५ जना
उदयपुर : ८ जना
इलाम : १ जना
सनसरी : २ जना
ताप्लेजुङ : १ जना
तेह्रथुम :१ जना
पाँचथर : २ जना
४) लकडाउन उल्लंघन गर्ने ५२ जना पक्राउ, १४२ माेटरसाइकलसहित २०५ सवारी नियन्त्रणमा

 

तपाईको प्रतिक्रिया