इटहरी, इटहरी नमुना कलेजले नोबेल कोरोना भाईरसका संभावित संक्रमितको उपयोगको लागी भन्दै जनता कलेजमा निमार्ण गरीएको क्वारेन्टाइनमा प्रयोग गर्नका लागि ६० वटा व्लाङ्केट प्रदान गरेको छ । कलेजका अध्यक्ष केशव खड्काले इटहरी उपमहानगरपालीकाको उपमेयर लक्ष्मी गौतम लाई उक्त व्लाङ्केट प्रदान गरेका छन । नमुना कलेजले इटहरीमा आवश्यक परेमा क्वारेन्टाइनका लागि इटहरी नमुना कलेज र ग्रिनपिस ऐकेडेमीको भवन उपलब्ध गराउने घोषणा अध्यक्ष खड्काले गरेका छन । कलेजका तर्फबाट सरकारलाई आवश्यक सहयोग गर्न आफुहरु तयार भएको कलेजका प्राचार्य धर्म न्यौपानेले बताए । संकटको यस घडीमा जुध्न आफु आफ्नो संस्थालेसक्दो सबै सहयोग गर्ने न्यौपानेले बताएका छन ।

तपाईको प्रतिक्रिया