इटहरी । कोरोना सक्रमणको त्रास सँगै इटहरी उपमहानगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्ने व्यक्तीहरु र उनीहरूको स्वास्थ्य सेवामा खटिएका स्वास्थ्य कर्मीहरूलाई ३ दिनको खाना तथा नास्ता राप्रपा ईटहरीले उपलब्ध गराउने भएको छ । क्वारेनटाइनमा बसेका व्यक्तीहरुको स्वास्यकर्मीसँग सल्लाह गरी उनीहरुले आने पोशिलो खानाहरु ऋाफुहरु खुवाउन तयार रहेको राप्रपा ईटहरीका नगर अध्यक्ष रामप्रसाद पोखरेल ( रामु ) ले अनुरोध गरेका छन । राप्रपा ईटहरी ले

आफु बसेको ठाउँको अवस्थाको सूचना राख्न र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न नगरवासीहरुलाई आव्हान गरेको छ । कोरोना भाईरसको सक्रमणबाट जोगिन सबै जनालाई आ(आफ्नो घर भित्रै बसेर लक डाउनको उल्लघंन नगरिदिनु हुन अनुरोध गरिएको छ । हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन, स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन पोखरेल ले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया