तेजबहादुर बन 

इटहरी । चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ अन्तरगत तेश्रो दिन आइपुग्दा बिकशित शहरहरूसंगै भित्रि गाउ पनि सुनसान बनिन पुगेको छ । कोरोना भाइरस संक्रमण छिमेकि मुलुक भारत हुदै नेपाल सम्म आइपुगेपछि अझ फैलन निदन स्थानीय , प्रदेस र संघिय सरकारले कडा रूपमा निगरानी बढाउन थालेपछि अहिले शहरहरूसंगै भित्रि गाउ समेत सुनसान बनिन थालेका हुन ।

भाइरसको सन्त्रासका कारण प्रदेश एकका १४ जिल्लाहरू यतिबेला ठप्प बनेका छन । पहिलो र दोश्रो दिन पार गरी तेश्रो दिन आइपुग्दा मुख्य राजमार्गहरू पुर्णरूपले ठप्प बनेका छन भने व्यापार व्यवसाय पनि बन्द भएका छन । शहरहरू ठप्प बनिरहदा गाउघरमा स्थानीयहरूको चहलपहल दोश्रो दिन सम्म सामान्य बनेको थीयो तर लकडाउनको तेश्रो दिन आइपुग्दा भित्रि गाउहरू समेत अहिले सुनसान बनिन पुगेको छ ।

स्थानीय सरकार र प्रहरीकाे सकृियताले अहिले प्रदेश एकका बिकशित शहरहरूकाे भित्रि गाउहरू पनि सुनसान बनेका हुन । भित्रि गाउहरूमा सञ्चालित चिया पसल , किराना पसल , तथा सामान्य पसलहरू समेत बन्द गराएपछि अहिले गाउनै सुनसान बनेकाे सम्बन्धित जिल्लाका प्रहरी प्रमुखहरूलाइ उदृढ गर्दै प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएका छ ।

दैनिक जसो स्थानीयहरूको चाप लाग्ने इटहरीको हलगढा , आइतबारे रोड , तरहरा बजार , दुहबी , रामधुनी बजार , सुन्दरहरैचा , बेलबारी , पाँचथर , धनकुटा , उर्लावारी , बिर्तामोड जस्ता शहरहरूमा अहिले सथानीयहरूको आवत जावत शुन्य रहेको छ । लकडाउन उलंघन गरी राजमार्गमा सवारी चलाउनेहरूको सवारी साधन मोटरसाइकल , स्कारपिओ र मारूति भ्यानलाइ प्रदेश एक ट्राफिक प्रहरीले तेश्रो दिन पनि नियनत्रणमा लिएको छ ।प्रदेश एक ट्राफिक प्रहरीले तिनदिन भित्र २५० भन्दा बढी मोटर साइकल ९ वटा सिटि सफारी र केहि म्याजिक भेन नियनत्रणमा लिएको छ ।

यता लक डाउन उलङघन गरेको भन्दै मोरङको उर्लावारी स्थित नगरपालिकाका मेयर खडग फागो आफै राजमार्गमा लाठि बोकेर निस्किएका छन । उनले हातमा लाठि बोकेर केहि मोटरसाइकल चालकलाइ भाटे कार्वाहि गरेको भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनेका छन । उनको यस्तो कार्यलाइ धेरैले प्रशंसा गरेका छन भने थोरैले तानासाहिको संज्ञा दिएका छन ।

सुनसान इटहरी २० तरहराकाे रिङराेड ः तस्विर – दिपा गुरूङ
लकडाउनकाे तेश्राे दिन सुनसान बनेकाे दुहबी मुख्य राजमार्ग – तस्विर : अकबर अली
सुनसान इटहरी ४ हलगडा ः तस्वर – आलोक रिजाल
सुनसान बेलबारी नगरपालीका ७ बाहुनी ( तस्विर – तृप्ती भट्टराइ )
सुनसान इटहरी १९ चाैतारी चाेक ( तस्विर – दिपक भारती )
सुनसान बनेकाे इटहरी ४ आइतबारे चाैक ( तस्विर – तारा थापा )
सुनसार पाँचथर बजार (तस्विर –ज्ञानु घिमिरे )
सुनसान बनेकाे रामधुनी ३ सिंगिया बजार ( तस्विर – बिनाेद आचार्य ) 
सुनसान बनेकाे सुन्दरहरैचा ७ ज्याेति स्कुल सडक खण्ड ( तस्विर – रमिसा शिग्देल )

तपाईको प्रतिक्रिया