बिराटनगर । कतारबाट चैत ६ गते फर्केका सुनबर्शी नगरपालिकाका एक युवालाई नियमित खोकि तथा ज्वरो आएपछि कोरोनाको महामारिलाई मध्यनजर गर्दै उनलाई सुनबर्शी नगरपालिकाका मेयर कालिप्रसाद दास स्वास्थ्य प्रमुख किशोर मन्डल तथा ३ नमवर का वडाअध्यक्ष टेकबहादुर बिष्टको पहलमा हिजो नगरपालिकाकै एम्बुलेन्समा कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उपचार तथा टेष्टकोलागि बिराटनगरस्थित कोशी अस्पताल हिजो साझ(५ बजे पुर्याएको थियो। हामिले रिपोर्टिङ गर्न भनेर ७ बजे अस्पताल जादा त बिरामिको अत्तोपत्तो नै थिएन। उनलाई त डाक्टरहरुले चेकजाच समेत गर्न नमानेको गुनासो हामीले सुन्यौ अन्तिममा एक जना ईमेर्जेन्सिका स्वास्थ्यकर्मिले एच ए ले सामान्य औषधि लेखेर उनलाई घर फर्काई दियो। कति सम्मको गैर जिम्मेवार रहेछन अस्पताल । यसरी उनलाई निगरानी मा न राखिकन घर पठाउनु कतिको खोजिम हुन सक्छ हामी अनुमान लगाउन सक्छौ।
कि त उनलाई क्वारेन्टाइन मा पठाउनु पर्थ्यो यसरी गुनासो राखे सुनबर्शी स्वास्थ्य साखाका प्रमुख किशोर मन्डलले बताए । यसै बिषयमा कोशी अस्पतालका मेसु सगीता कौशल मिश्रलाई प्रश्न गर्दा उनी हाम्रो प्रश्नबाट पन्छिएका थिए ।

उनले भने म यश बिषयमा बोल्दिन हामिले जिम्मेवारी बाडफाड गरेका छौ हामिले कस्ले बोल्नु हुन्छ त यश बिषयमा भनेर प्रश्न राख्दा उनले ३ जना डाक्टरको नाम लिए फेरि हामिले कुनै डाक्टरलाई भेटुम न त भन्दा उनको जवाफ थियो अहिले साझ ५ बजिसकेको छ कुनै डाक्टर अस्पतालमा छैन। हामिले फेरि प्रश्न गर्यौ अहिले कोशी सकास्पद बिरामी आयो भने तपाईहरु के गर्नुहुन्छ उनी अल्मल्म परेको देख्यौ हामिले

तपाईको प्रतिक्रिया