पाँचथर। विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोराना भाइरसको जोखिम कम गर्न सरकारले लक डाउन गरेपछि चहल पहल र भिड्वाड हुने पाँचथरका अधिकाम्स स्थानीयतह सुनसान बनेका छन । जिल्ला प्रशासन गाउँपालिका र नगरपालिकाले जनचेतना अभिवृद्धि गर्दै घरमै बस्न निर्देशन दिएपछि पाँचथर सुनसान बनेको हो । जिल्ला सदरमुकाम सहितका ८ वटै स्थानीयतहमा रहेका बजार पसल बन्द भएका हुन ।
जिल्लाको व्यपारीक केन्द्र रवि, यासोक, मौवा, पञ्चमी, राँके लगायतका दर्जन बढि स्थनीयतहका बजारहरु बिहानै देखि सुनसान भएका छन । बिहानै बाट स्थानीयको चलहलपल बजार पसल बन्द भएका छन । शहरकेन्द्रित नागरिकहरु गाउँ फर्किएपछि गाउँमा उच्च जोखिम हुन सक्ने भन्दै जिल्लाका सबै स्थानीयतहरुले लक डाउनलाई कडाईका साथ पालना गर्न निर्देशन दिएका हुन ।

तपाईको प्रतिक्रिया