एजेन्सी । यतिखेर सिंगो विश्व कोरोना भाइरसले थलिएको छ । विभिन्न देशहरूमा ठूलो संख्यामा मानिसहरू कोरोना संक्रमित भएका छन् भने धेरैको मृत्युु समेत भएको छ ।

कोरोना कहर चलिरहेको यो समयमा अमेरिकामा भने यसको खोप परीक्षण भएको दाबी गरिएको छ । भारतीय न्यूज च्यानल जी टिभीका अनुसार अमेरिकाले कोरोना भाइरसको खोप पत्ता लगाई परीक्षण समेत गरेको बताएको हो । वैज्ञानिकहरूले कोरोना भाइरसको खोपलाई चार देशका बिरामीहरूमा परीक्षण गरी सकारात्मक नतिजा हासिल गरेको बताइएको छ । रिपोर्टमा भनिएअनुसार अमेरिकी सरकार छिट्टै यो खोपलाई कोरोनाको खोपका रूपमा मन्जुरी दिने भएको समेत बताइन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेशन (सिडिसी) का अनुसार चीन, दक्षिण कोरिया, फ्रान्स तथा अमेरिकामा यसको सफल परीक्षण गरिएको हो ।

अमेरिकी वैज्ञानिकहरूले क्लोरोक्वीन र हाड्रोक्सिक्लोरोक्वीनको मिश्रणबाट यो खोप तयार पारेको बताएका छन् । त्यस्तै अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले समेत यस खोपलाई क्लिनिकल ट्रायलका लागि मन्जुरी दिइसकेको छ । पछिल्लो एक महिनामा यस खोपको परीक्षण सफल रहेको बताइएको छ । यो खोप लगाइएका बिरामीहरूमा निकै सकारात्मक नतिजा देखिएको बताइन्छ ।

अमेरिकी वैज्ञानिकहरू भन्छन्, कोरोना भाइरसलाई समाप्त गर्न यस नयाँ खोपले सफलता हासिल गरेको छ । यद्यपि एफडिएले कुनै पनि खोपलाई क्लिनिकल मन्जुरी दिन निकै लामो परीक्षण गर्ने गर्दछ । तर, वर्तमानको वैश्विक चुनौती र हालत हेर्दा यो खोपलाई तत्काल क्लिनिकल ट्रायलका लागि सिफारिस गर्न सक्ने बताइएको छ ।

वैज्ञानिकहरूका अनुसार सार्सको अन्त्यका लागि यही औषधिले महत्त्वपूर्ण योगदान गरेको थियो । यसपटक पनि खोपमा कोरोना भाइरसको जेनिटिक कोडअनुसार औषधिमा केही फेरबदल गरी परीक्षण गरिएको छ । त्यसैले यो खोप कोरोना भाइरससँग लड्नसक्ने कुरामा वैज्ञानिकहरू आशावादी छन् ।

त्यस्तै वैज्ञानिकहरूले कोरोनालाई सार्सकै विकृत रूप भएको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया