तेजबहादुर बन 

इटहरी । चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ अन्तरगत दोश्रो दिन प्रदेश एकका जिल्लाहरू सुनसान बनेका छन । पहिलो दिन छिट्टफुट मात्रामा व्यापार ब्यवसाय सञ्चालनमा आएपनि दोश्रो दिन प्रहरीले कडाइ गरेसंगै प्रदेश एकका जिल्लाहरू सुनसान बनेका हुन ।

प्रदेश एकको सुनसरी , मोरङ , झापा , इलाम पाँचथर , ताप्लेजुङ , खोटाङ , धनकुटा लगायत १४ वटै जिल्लाहरूमा अति आवस्यकबाहेक अन्य सवारीहरू सञ्चालनमा आएका छैनन भने व्यापार व्यवसाय समेत ठप्प बनेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले उच्च सतर्कता अपनाउदै मंगलबारबाट देश लकडाउन गरेको अवस्थामा दोश्रो दिन आइपुग्दा प्रदेश एकको मुख्य ब्यापारीक केन्द्र इटहरी पनि सुनसान बनेको छ । पहिलो दिन लकडाउनलाइ अटेर गर्दै घाबाहिर निस्कने सर्वसाधरणहरूलाइ सम्झाएर पठाएको सुरक्षाकर्मिहरूले दोश्रो दिन भने सुरक्षामा पुरै कडाइ गरेको छ ।

पटक पटक अनुरोध गरिरहदा पनि लकडाउन उलंघन गर्दै व्यापार व्यवसाय सञ्चालन गर्ने र घरबाट बाहिर निस्किएर राजमार्गमा निस्कनेलाइ प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ भने गाउ गाउ पुगेर सतरकता अपनाउन स्थानीयहरूमा सुझाव समेत दिइरहेको छ ।

यसैबिच सरकारले लक डाउन घोषणा गरेको दोश्रो दिन पनि उलंघन गर्दै सवारी कुदाउने एक दर्जनबढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश एक ट्राफिक प्रहरीले इटहरी र आसपासका क्षेत्रहरूबाट अटेर गर्दै घरबाहिर सवारी कुदाएको भन्दै त्यस्ता मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो । सुरक्षामा कडाइ गर्दै प्रहरीले साइकल समेत नियन्त्रणमा लिन थालेको छ ।

यता देश संकटमा गुज्रिरहेको बेला स्वास्यकर्मीहरु जोखीम मोलेर पनि सेवा दिईरहेका छन भने वितीय संस्थाहरुले सामाजीक उत्तरदायीत्व भन्दै व्याज छुट गर्ने थालेका छन ।

तपाईको प्रतिक्रिया