मोरङ,  रतुवामाई नगरपालिका-१ आमवारी-बरडंगास्थित बोडर आउट पोष्ट चुनिमारीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ३५ ट्याबलेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-२ मंगलबारे बस्ने २९ वर्षीय जिवन थापा र सोही स्थान बस्ने २३ वर्षीय रुपेश खड्का रहेका छन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मे.४ प ७७९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

तपाईको प्रतिक्रिया