सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको इन्द्रपुर नमुना सेकेन्डरी स्कुलले विधार्थीहरुको लागि हेल्थ क्याम्प सञ्चालन गरेको छ ।

मंगलबार स्कुलको प्रागणमा सोही स्कुलमा अध्ययनरत पुर्व विधार्थी तथा नोबेल मेडिकल कलेजमा नर्स आस्मा आचार्य र विराटचौक स्थित पुजा डेन्टलको प्राविधिक सहयोगमा स्कुलले हेल्थ क्याम्प सञ्चालन गरेको हो ।

स्कुलले हेल्थ क्याम्प आयोजना गरि विधार्थीहरुको शरीरको विभिन्न भाग र विशेष गरि दात सम्बन्धी रोगको पहिचान गर्न हेल्थ क्याम्प सञ्चालन गरेको स्कुलका प्रध्यानाध्यापक अर्जुन ढकालले बताए । उनले उक्त स्कुलमा अध्ययनरत ४८५ जनाले नै उक्त हेल्थ क्याम्पबाट सेवा सुविधा लिने बताए । उनले विधालयले अध्ययनमा मात्र फोकस नभई आफ्ना विधार्थीहरुको स्वास्थ्य समस्या बुझ्न र अभिभावकलाई जानकारी गराउनको निम्ति उक्त हेल्थ क्याम्प सञ्चालन गरेको बताउदै विधालयले प्रत्येक ६/६ महिनामा विधार्थीहरुको स्वास्थ्य स्थिती बुझ्न हेल्थ क्याम्प सञ्चालन गर्ने बताए ।

स्कुलले आजै मंगलबार स्कुलका ८,९,१० कक्षामा अध्ययनरत विधार्थीहरुका लागि सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो । मानविय तथा प्राकृतिक विपद आए पछि आफू कसरी सुरक्षित हुने र मानविय तथा प्राकृतिक विपद आउन नदिन कस्ता खाले गतिविधिहरु मानवले गर्नु पर्ने जानकारी सुरक्षा प्रहरी बल हाइवे चेक पोस्टका नायव निरिक्षक सुभास गिरीले दिएका थिए । प्ले ग्रुप देखि कक्षा १० सम्म अध्ययन हुने उक्त स्कुलमा हाल ४८५ जना विधार्थीहरु छन ।

२०५८ सालमा स्थापना भएको उक्त स्कुलमा सुन्दरहरैचा क्षेत्रका हरैचा, शुक्रबारे गोठगाउबाट विधार्थीहरु अध्ययन गर्न आउने प्रध्यानाध्यापक ढकालले बताए । उनले नया शैक्षिक शत्र देखि विधालयले एक जना नर्श नै नियुक्ती गरेर विधार्थीहरुको नियमित चेकजाच गर्ने समेत बताए । उक्त विदालयमा अध्ययन गरि सकेका विधार्थीहरु हाल नर्श, डाक्टर, इन्जिनियर र शिक्षक पेशामा रहेको ढकालले बताए ।

तपाईको प्रतिक्रिया