इटहरी । बिद्यार्थीलाई शैक्षिक ज्ञान संगै व्यावाहारिक ज्ञानको पनि आवश्यक्तालाई ध्यानमा राख्दै सुनसरीको इटहरीमा रहेको बिश्व आर्दश एकेडेमि स्कुलका कक्षा ६,७ र ८का बिद्यार्थीहरुले पेशा, व्यवसाय र प्रविधि बिषय अन्र्तगत आफै सक्षम बन्ने कुरालाई व्यवहारमा परिणत गर्दे बिभिन्न परिकार बनाएर प्रर्दशनी गरेका छन् । स्कुल देखि नै बिद्यार्थीलाई व्यावाहारिक शिक्षा दिन सके भविष्यमा आफै सक्षम बन्न सक्ने कुरालाई मध्क्यनजर गर्दै स्कुलले यो बिषय अन्र्तगत बिद्यार्थीबाटै परिकार बनाएर आन्तरिक रुपमा बिक्री गर्ने र बिक्रीबाट संकलन भएको रकमलाई सामाजिक काममा खर्च गरीने  एकाडेमीका प्रिन्सीपल गणेश दुलालले बताए । इटहरी पछिल्लो समय शैक्षिक हबको रुपमा रहेको र इटहरीमा सञ्चालन भएका बिद्यालय मध्ये उच्च गुणस्तरिय बिद्यालयमा बिश्व आदर्श पर्ने गरेको छ । बिद्यालयले स्कुलस्तरबाटै बिद्यार्थीलाई व्यावाहारिक ज्ञान दिनु पर्ने अहिलेको आवश्यक्ता देखिएको अभिभावकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया