इनरुवा । “सेवा गर्नु धर्म हो” भन्ने मान्यतालाई अंगाल्दै इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले आफनो तलव भत्ता वापतको रकम इनरुवाकै जनतामा खर्च गरेका छन् ।

नगर प्रमुख मेहताले पाएको तलव भत्ताबाट सुनसरी इनरुवा ९ बवियाका २० जना महिला स्वास्थ्य स्वंयसेविका सहित एक कार्यालय सहयोगीलाई साइकल हस्तान्तरण गरेका छन् ।

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल नाराका साथ नगरप्रमुख मेहताले नगरपालिका भित्र नै नयाँ कामको सुरुवात गर्दै २० जना महिला स्वास्थ्य स्वंयसेविका सहित एक कार्यालय सहयोगी गरी २१ जनालाई एक कार्यक्रमबीच साइकल हस्तान्तरण गरेका हुन् ।

मानवको सेवा गर्नु भन्दा अरु केही नभएको बताउँदै नगरप्रमुख मेहताले राज्यले गर्न नसकेको काम इनरुवा नगरपालिकामा आफुले सुरुवात गरेको बताएका छन् ।

आफुले नमुना कार्य गरेको भन्दै नगरपालिका भित्र महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई आवत जावत गर्न सहज हुने र सर्वसाधारणहरुलाई समयमा सेवा सुविधा दिनका लागि पहिलो चरणमा इनरुवा ९ बविया स्वास्थ्य चौकीबाट सुरुवता गरेको मेहताले बताए ।

नगरप्रमुख मेहताले आफु मेयर हुनुभन्दा अघि समाजलाई परिवर्तन गर्दै सेवामा समर्पित भएको हुदाँ समाजसेवा भावनाको विकासमा थप उर्जा आएकोले तलव भत्ताबाट २१ जनालाई साइकल वितरण गरिएको र बाँकी ९ वटाका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई पनि साइकल बितरण गर्ने उद्घोष गरेका छन् ।

इनरुवा नगरपालिकामा विकासको लहर फैलाउँदै मानवको सेवा गर्नु नै ठुलो धर्म हो भन्ने कुरालाई चिन्तन गर्दै सामाजिक सदभावलाई कायम राख्दै अबको अभियान नै सेवा गर्नु हो उनले भने , सेवा गरें मेवा मिल्छ , राजनीतिक यात्रा सँगै आफुले पाएको सम्पूर्ण तलब भत्ताबाट पहिलो चरणमा २१ जनालाई साइकल बितरणले उनीहरुको हसिलो अनुहारले मलाई थप हौसला प्रदान गरेको उनले कार्यक्रममा बताएका छन् ।

काम गर्न जोस जागरका साथ लागेकोले अब मेरो यात्रा नै सामाजिक सदभाव कायम राख्दै भाइचारा सम्वन्धलाई बलियो बनाउँदै मानव सेवामा जुटेको समेत मेहताले बताए । सेवाले मानिसलाई उच्च स्थान पाउने भएकोले आफुले सदैव मानवको सेवामा टेवा पु¥याउने उद्धेश्यले राज्यले पनि नगरेको काम आफु इनरुवाबाट सुरु गरेको बताए ।

सामाजिक क्षेत्रमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयमसेवीकाहरुको योगदानको कदर गर्दै सम्मान स्वरुप साइकल वितरण गरेको नगर प्रमुख मेहताले बताए । राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई निरुत्साहित तथा सम्मान गर्नुपर्ने मनसायले योगदानको उच्च कदर गर्दै साइकल उपलब्ध गराएको जिकिर गर्दै नगरप्रमुख मेहताले स्वंयसेविकाहरुलाई सेवा सुविधा थप्नुपर्नेमा समेत जोड दिएका थिए ।

सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्न उचित नहुने भन्दै मेहताले स्वास्थ्य चौकीमा ल्यावको व्यवस्था गर्नुपर्ने र स्वास्थ्य चौकीको सिफारिसमा निःशुल्क गुणस्तरीय औषधीको ब्यवस्था मिलाई चौकीमा उपलब्ध गराउनुपर्ने भन्दै स्वास्थ्य संस्थामा सुधार ल्याउनुपर्नेमा समेत जोड दिए । नगर प्रमुख मेहतालाई समेत स्वयंसेविकाहरुका तर्फबाट सामुहिक रुपमा सम्मान गरिएको थियो ।

स्वास्थ्य चौकी इनरुवा ९ बविया सुनसरीको आयोजनामा र इनरुवा नगरप्रमुख राजन मेहताको सहयोगमा साइकल बितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीको अध्यक्षतामा सम्पन्न भएको सो बितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष अञ्जनी पोखरेल, मौलाना हारुण अन्सारी, एसएन मेहता,स्वास्थ्य चौकी प्रमुख सन्तोष देव, हरि मेहता, शिव नारायण मेहता लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया