इटहरी । सुचना प्रविधिका विषयमा जानकारी गराउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिन लागेको क्यान इनफोटेक मेलाको तयारी पुरा भएको छ ।
आमागी माघ १ गते देखि पाँच दिन सम्म सञ्चालन हुने क्यान इनफोटेक मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मेला सञ्चालन गरिने जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा सम्पुर्ण तयारी पुरा भएको कम्प्युटर एसोसियन नेपाल महासंघ सुनसरीका अध्यक्ष विशाल बास्तोलाले जानकारी दिए ।
सुचना र प्रविधिका साथै आईसीटीका क्षेत्रमा भईरहेको विकासलाई समेटने गरी आयोजना गरिने मेलामा ८०स्टल रहने जनाइएको छ । मेलामा रोवट प्रतियोगिता समेत आयोजना गरिने भएको छ । पाँच दिन सम्म चल्ने क्यान इफोटेक मेलामा ब्राण्डिंग आईसीटि एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिंग, रकेट प्रर्दशनी रोबोटिक्स, इ वेष्ट म्यानेजमेन्ट, वाईफाई, इन्टरनेट र लर्निंग सेन्टर लगायतको बिभिन्न उच्च प्रविधिका सामग्रीहरु समेत राखिने जानकारी गरायो । कम्प्युटर एक्सेसरिज, एन्टि भाइरस सफ्टवेयर बैंकिंग सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्श्निका साथै विक्री गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठ , प्रदेस अध्यक्ष भवकृष्ण तिमलसेना कार्यक्रम संयोजक खड्ग ओझा, सचिव टिकाराम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया