दैलेखको महावु गाउँपालिका–१ खरीगैरा की २४ वर्षिया कल्पना नेपालीलाई जिल्ला अदालतले आफ्नै दुईजना छोरालाई विष खुवाएर हत्या गरेको आरोपमा जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायधीश दण्डपाणी लामिछानेको ईजलाले जन्मकैदको फैसला सुनाएको हो ।

गत १० कार्तिक ०७५ को दिउसो घरमै कल्पनाले खाजामा उनका ७ वर्षिय छोरा आयुष र ३ वर्षिय छोरा अमितलाई विष मिसाएर खान दिएकी थिइन् । त्यसमध्ये अमितको उपचारको क्रममा ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा १६ कार्तिक ०७५ मा कर्तव्य ज्यानसम्वन्धी मुद्धा दर्ता भएपछि अदालतले कल्पनालाई १० मंसीर ०७५ उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

मुलुकी फौंजदारी कसुर र सजाय ऐन २०७४ को दफा १७७ वमोजिम ज्यान मारेको ठहर भएको र सोही ऐनको दफा ४१ अनुसार खाद्यवस्तुमा विष हाली मारेको पुष्टी भएपछि जन्मकैद गरिएको फैसलामा उल्लेख छ ।

ऐनले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रष्ट पारेको छ ।

नवजात शिशुको बेवारिसे शव फेला
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ चाल्नेको जंगलमा सोमवार राती नवजात शिशुको वेवारीसे शव फेला परेको छ ।

असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा शिशुको शव फेला परेको नगरपालिकाकी उप प्रमुख तारा शाहीले जानकारी दिईन् ।

करीव ७–८ महिनाको गर्भमा रहेको शिशुको शव भेटिएपछि स्थानियले प्रहरीमा खवर गरेको र ईलाका प्रहरी कार्यालय दुल्लुबाट गएको प्रहरी टोलीद्धारा शिशुको शव दुल्लु अस्पतालमा ल्याईएको प्रहरी निरीक्षक नैनवहादुर सावदले बताए ।

उक्त शिशुको शव कसले फालेको हो भन्ने बारे आवश्यक अनुसंधान भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया