इटहरी । सुनसुरीको इटहरीमा रहेको कामधेनु दुग्ध सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सानो संख्याबाट शुरु भएको कामधेनु दुग्ध सहकारी आज सम्म आई पुग्दा नेपलाको एक नम्बर दुग्ध सहकारी बन्न सफल भएको सहकारीले बताएको छ ।
करिब ४२२ शेयर सदस्य रहेको उक्त सहकारीमा जम्मा ७ करोड, ३२ लाख १० हजार दुई सय शेयर रकम रहेको छ भने कुल नाफा एक करोड ८० लाख ३ हजार भन्दा बढि रहेको लेखा संयोजकले बार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गरेका टिए । सहकारीले पारदर्शीता बनाउने उद्धेश्यले लेखासुपरिवेक्षण समितिको गठन गरि समितिले आवश्यक पर्ने सल्लाह र सुझाव दिने समेत व्यवस्था मिलाएको सहकारीका अध्यक्ष बाबुराम खत्रीले बताए । यो सहकारीले घनकुटा र सुनसरी गरी बिभिन्न १४ वटा स्थानमा काम गर्ने गरेको पनि अध्यक्ष खत्रीले बताए । कामधेनु दुग्ध सहकारी संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद श्रेष्ठ लाई सधारण सभाको अवसर पारेर सम्मान समेत गरिएको थियो ।
प्रदेश नं १ का सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्थतामा भएको उक्त सभाका सभापतित्व कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष बाबुराम खत्रीको रहेको थियो ।

तपाईको प्रतिक्रिया