इटहरी । नेपाल रेडक्रस सोसाईटी इटहरीको २२ औं साधारण सभाको अवसरमा इटहरीका दुई जना बिशिष्ठ व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा इटहरीलाई कार्यक्षेत्र बनाएर शिक्षा क्षेत्रमा अहोरात्र खटी अमूल्य योगदान दिनुहुने प्रेम प्रसाद न्यौपाने र समाज रुपान्तरणमा लाग्नुहुने सामाजिक व्यक्तित्व विश्व प्रसाद रिजाललाई इटहरी शाखाले सोमबार कार्यक्रम विच सम्मान गरेको हो । सम्मानित दुबैलाई सभाका प्रमुख अतिथि १ नं प्रदेश सभासद लिलम बस्नेतले दोसल्ला ओढाई ताम्रपत्रले सम्मान गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी इटहरी शाखाका अध्यक्ष बिमल पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाल रेडक्रस सोसाईटी सुनसरीका उपाध्यक्ष डम्बर सिग्देल, उद्योग बाणिज्य सघं इटहरीका अध्यक्ष भिम बहादुर पौडेल,नागरिक समाजका अध्यक्ष दिनेस रसाईली, ट्विटेरियन सोसाईटिका अध्यक्ष हिरा आचार्य लगायत बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो

तपाईको प्रतिक्रिया