धनकुटा । भुकम्पबाट सुरक्षित पुर्वाधार दिगो सुख र संमृद्दिको आधार भन्ने मुल नारा सहित हामि सबैको प्रण सार्वजनिक शिक्षा प्रणालिको सवलिकरणका साथमा २२ औ भुकम्प सुरक्षा दिवस २०७६ को अवसरमा भुकम्पिय न्युनिकरण र शुरक्षाका उपाय विषयक बक्तृत्वकला छथरजोरपार्टी गाउँपालिकामा सम्पन्न भएको छ। २२औ भुकम्प सुरक्षा दिवस २०७६ को अवसर पारेर भुकम्पिय न्युनिकरण र सुरक्षाका उपाय बिषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । छथरजोरपाटी गाउँपालिका धनकुटाको आयोजनामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा भारति माध्यमिक विद्यालयका भगवती लिम्बु पहिलो, लक्ष्मी माध्यमिक विद्यालयका आरती धिताल दोस्रो, सेतो गुराँस बोडिङ्गक आयुषा भट्टराई तेस्रो र सान्तवना महाकालि माध्यमिक विध्यालयका सुदिप लिम्बुलाई नगद शहिद प्रमाणपत्रका साथमा पुरस्कृत गरिएको छथरजोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो । छ्थर जोरपाटी गाउँपालिका अध्यक्ष शेर बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा गाउँपालिका स्थित शारदा मा.वि, लक्ष्मी मा.वि, भारती मावि, सेतो गुराँस बोडिङ्ग, महाकाली मा.वि, चुलाचुलि मा.वि, सगरमाथा बोडिङ्ग लगायतमा अध्ययनरत बाद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया