इटहरी । तरुण दल सुनसरीले इटहरीका विपन्न परिवारका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै न्यानो कपडा वितरण गरेको छ ।
तरुण दल सुनसरीको टोलीले इटहरी–२ स्थित सुकुम्बासी बस्तीमै गएर विपन्न परिवारका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरबाट बस्तीका ४० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । उनीहरुलाई चिसोको समयमा हुने रोगका साथै अन्य विरामीको चेकजाँच गरि राय सल्लाह दिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको छ । गुरुगंको अभियान लाई स्वतस्फुर्त वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फिजिसियन डाक्टर देवराज घिमिरेले यो अभियान लाई सहयोग गर्न शिविरको आयोजना गरेको होे । त्यस अवसरमा तरुण दल सुनसरीले सोही बस्तीका विपन्न परिवारलाई ज्याकेट लगायतका न्यानो कपडा वितरण गरेको छ । तरुण दलले हरेक वर्ष विभिन्न समस्यामा परेका हरुलाई आवश्यक सामाग्रीहरु प्रदान गर्दै आएको छ ।
सामाजिक दायित्व अन्तरगत तत्काल कपडा वितरण साथै स्वास्थ्य शिविरको आयोजना गरेको तरुण दल सुनसरीका सभापति सिजन गुरुङले बताए ।
उनले तत्कालका लागि आफ्नो आङ समेत ढाक्न नसक्नेहरुका लागि ज्याकेट वितरण गरिएकाले आगामी दिनमा थप सहयोग प्रदान गरिने पनी बताए । साथै शिविरमा भेटिएका जटिल विरामीहरुलाई थप उपचारका लागि सहजिकरण गर्ने समेत उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया