बेलबारी, मोरङको ग्रामथान गाउपालिका वडा नं ५ मा रहेको आशिष् माझिको एक मोबाइल पसल र ग्रामथान गाउपालिका वडा नं ४ को कार्यालयको सामाग्री चोरी गरेको आरोपमा प्रहरीले तिन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–३ बस्ने सुनिता चौधरी, उनका छोरा करण चौधरी र ग्रामथान ५ बस्ने निराजन माझि रहेका छन । उनिहरुका साथबाट लुकाएर राखिएको अवस्थामा विभिन्न कम्पनिका ल्यापटप, ल्यापटपको चार्जर, मोवाइल, मोवाइलको चार्जर र स्पिकर प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई म्याद थप गरि ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट निम्न किसिमका कम्पनिहरुको ल्यापटप र मोवाइल प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया