सुनसरी

सुनसरीको ईटहरी उप-महानगरपालिका-५पिपल चोक स्थित भित्रि सडकखण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज दिउँसो पौने १ बजेको समयमा को१ख७१२१नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री ईटहरी उप-महानगरपालिका-४ हलगडा बस्नेबर्ष २६ की सुनिता कार्कीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएकी उनलाई उपचारको लागी बिराट नर्सीङ होमअस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो पौने २ बजेको समयमा उनको मृत्यु भएको थियो ।

उक्त सेप्टिट्याङकीका चालकईटहरी५ बस्नेवर्ष३८को राजन तोलाङ्गेलाई १ नम्बर प्रदेशट्राफिक प्रहरी कार्यलय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सह-चालकले चलाएको खुल्न आएपछी सह-चालक रामधुनि ३ बस्नेवर्ष ४९ कोप्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया