श्रीलंकामा गत वर्ष ठूलो संख्यामा हात्तीको मृत्यु भएको छ । वातावरण संरक्षणकर्मीका अनुसार सन् २०१९ मा श्रीलंकामा ३६१ हात्ती मरेका छन् ।  श्रीलंका सन् १९४८ मा स्वतन्त्र बनेयता अहिलेसम्मकै धेरै हात्ती मरेका हुन् । अधिकांश हात्ती मानिसले नै मारेका हुन् ।

श्रीलंकामा झण्डै ७५ सय हात्ती छन् । हात्तीको हत्या गैरकानूनी हो, तर स्थानीय समुदाय र जनावरबिच तीव्र तनाव रहँदै आएको छ । श्रीलंकामा हात्ती संरक्षित छन् ।

तपाईको प्रतिक्रिया