सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मोसो दलेका छन् ।

नेकपाका कार्यकर्ताहरुले आइतबार चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही गर्नुका १५ वटा कारणहरु उल्लेख गरिएको छ ।

चौधरीले कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपूर्वक दुःख दिने, सताउने र कामहरु अल्झाउने, झुलाउने गरेकोसहितका आरोप विप्लव नेकपाले लगाउको छ ।

तपाईको प्रतिक्रिया