विद्यार्थीहरुलाई उपभोक्ता जाँगरण र स्वच्छ बजार बारे शिक्षा प्रदान गर्न घरेलु तथा साना उधोग कार्यलय इटहरीले सचेतना कार्यक्रम आयोजना गरेको छ ।

नेपाल सरकारले आम नागरिकहरुको हितको पक्षमा ऐन निमय बनाए पनि त्यसको कार्यान्वयन पक्ष ज्यादै कमजोर रहेकाले नेपाली आम उपभोक्ताहरुको जीवन अस्तब्यस्त र बेथितिमय बन्दै गई रहेकोप्रति सचेत रहन विधालय तह बाट सचेतना कार्यक्रमको सुरुवात गरीएको छ । होटल तथा सेमिनार हलमा कार्यक्रहरु गर्दा प्रभावकारी नभएकाले विधालय तह बाट सचेतना फैलाउन कार्यक्रम प्रभावकारी हुने घरेलु तथा साना उधोग कार्यलय इटहरीका प्रमुख विश्वेश्वर रेग्मीले बताए ।

नेपाल सरकारले उपभोक्ताका हितका लागि ऐन कानुन जारी गरे पनि अनुगमनका लागि छुट्टै निकाय अभावले ती ऐन कानुनको कार्यान्वयन प्रभावकारी बन्न नसक्दा उपभोक्ताहरु मुल्य, तौल र गुणस्तरका वस्तु प्राप्ती गर्न नसकिरहेको अवस्था विद्यार्थीहरुले शिक्षा हासील गरेर आफु सगै अरुलाई सचेत बनाउने बताएका छन । विद्यार्थीहरु तालीम पश्चात आपष्mु सचेत भएको र अव परीवार समाजमा पनी सचेतना फैलाउने विद्यार्थी जेनीसा काइराला बताउछीन ।

कार्यक्रममा विभिन्न उद्योगी ब्यापारी समाजसेवी शिक्षक लगायतले उपभोग्य वस्तु मावन स्वास्थ्य प्रतिकुल रहेकाले देशका अधिकाङ्स नागरिक अस्वस्थ हुने क्रम बढिरहेकाले यो विषयमा सामान्य विषय बनाईनु नहुने कुरामा जोड दिएका थिए । इटहरी उपमहानगरपालीका वडा नम्बर ५ कम अध्यक्ष कल्याण बहादुर कार्र्की उपभोक्ता मञ्च इटहरीका अध्यक्ष ठगेन्द्र आचार्य , उधोग वाणीज्य संघ इटहरीका उपाध्यक्ष दिवस पोखेरेल लगायतले मावन स्वास्थ्यका लािग राज्य ज्यादै उदासिन बनिरहेको तथा सरकारसँग उपभोग्य बस्तुप्रतिको ठोस र प्रभावकारी कार्यत्रम नभएकोप्रति सवै उपभोक्ता नै सचेत रहनु पर्ने कुरामा जोड दिए ।

तपाईको प्रतिक्रिया