पछिल्लो समय बलिउडमा स्थापित कलाकार हुन् टाइगर श्रफ । अहिले टाइगर श्रफ फिल्म ‘बागी ३’ को सुटिङका लागि ३ दिनदेखि जयपुरमा रहेका छन् । सोमबार पनि टाइगरले जयपुरका विभिन्न स्थानमा सुटिङ गरेका छन् । परकोटेको जलेब चोकमा सुट गरिएको एक दृश्यमा प्रहरी टाइगरलाई हतकडी लगाउँदै नजर आउँछन् । यसैक्रममा टाइगरको साथमा दोस्रो कलाकार पनि थिए । उनको सुटिङ हेर्नका लागि हजारौं दर्शकहरु त्यहाँ पुगेका थिए । अहमद खानको निर्देशनमा बनेको यस फिल्ममा साजिद नाडियाडवालाको लगानी रहेको छ ।

फिल्ममा टाइगरसँगै श्रद्धा कपुर, रितेश देशमुख पनि मूख्य भूमिकामा देखा पर्दैछन् । फिल्म मार्च ६ मा रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया