हाम्रा समाजमा विवाह गर्न केटा र केटी दुबैको उमेर मिलेको हुन्छ । विवाह गर्न १९ बर्ष कटेमा मात्र योग्य मानिन्छ । तर अफ्रिकामा एक अनौठो विवाह भएको छ । एक आठ बर्षका बालकले आफुभन्दै धेरै उमेरकी महिलासँग विवाह गरेका छन् ।

यस्तो अनौठो विवाह तपाइले पहिलो पटक सुन्नु भएको होला । अफ्रिकाका आठ वर्षका बालक सानेलेले शाबानगुले ६२ वर्षीया महिलासँग विवाह गरेका हुन् । आठ वर्षका बालकले आफ्नो हजुरआमा समानकी महिलासँग विवाह गरेपछी यी दुईको अहिले संसारभर चर्चा भइरहेको छ । उनीहरुले एक वर्ष अघि विवाह गरेका हुन् ।

यी दुईको विवाह दक्षिण अफ्रिकाको स्नान भन्ने स्थानमा भएको थियो । ती साना बालकले आफ्नो  हजुरआमा समानकी महिलासँग विवाह गर्दा हातमा औंठी लगाइदिएका थिए । सानेलेको अभिभावकले भने सानेको विवाह उसको हजुरबुबाको अन्तिम इच्छा अनुरुप भएको बताएका छन् ।

हजुरबाबुले नातीको विवाह गर्ने इच्छा राखेकोले सानको विवाह गरेको सानेकी आमा बताउछिन् । घरमा केहि नराम्रो संकट आउन सक्ने बताइएपछी परम्परा धान्न उक्त विवाह गरीएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया