थाईल्याण्डको राजधानी बैंककमा एक डाक्टरले बिरामीको कानबाट जिउँदो माउसुली निकालेका छन् । महिलाको कानमा बिगत् दुई दिनदेखि चिलाईरहेको र कानमा एकदम पिडा भएको थियो ।
उनलाई कानमा असह्य पिडा भएपछि बैंकककै राजाविथी हस्पिटलमा चेकजाँच गर्न पुगेकी थिइन् । २५ वर्षै डाक्टर वरन्या नगाम्थावीले अटोस्कोपको सहायताले चेक गर्दा कानमा किरा भेटिएको थियो । डाक्टरले केही एन्टिबायोटिक राखेर किरा निकाल्न खोज्दा उनी असफल भएकी थिईन् ।

एन्टिबायोटिक राखेर प्रयास गर्दा असफल भएपछि नगाम्थावीले एक चिम्टीको सहायताले माउसुलीलाई जिउँदै बाहिर निकालेकी थिइन् । एउटा सामान्य किरा भनेर बाहिर निकाल्दा माउसुली भेटिएपछी अन्य डाक्टर तथा नर्सहरु अचम्ममा परेका थिए ।
डाक्टर नगाथाम्वीका अनुसार ‘ माउसुली जिउँदो थियो कानमा हल्लीरहेको भएर विरामीलाई चिलाउने तथा दुख्ने भएको हो ।’ उनले उक्त घटनालाई उनले आफ्नो फेसबुकमा पोस्ट गरेर बताएकी छन् । बिरामीको कानमा कतिबेला कसरी माउसुली पस्यो सबै अन्यौलमा छन् ।

तपाईको प्रतिक्रिया