काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले बिहीबारदेखि सुरु गरेको धार्मिक जागरण यात्रामा रेखा थापा सहभागी भएकी छन्  ।

नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यसहित सुरु भएको उक्त जागरण यात्राको मुख्य आकर्षकका रुपमा उनी रहेकी छन् ।

मंसिर ४ गतेसम्म चल्ने उक्त जागरण अभियानमा केन्द्रीय अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी छन् ।

जनकपुरमा दुबै अध्यक्षले संयुक्त रुपमा रथ यात्राको उद्घाटन गर्दै हिन्दु राष्ट्रको लागि चरणबद्ध यात्रासहितको संघर्षको घोषणा गरेको बताए ।

जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया