धमकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको आयोजनामा २ दिने जुनियर सर्कलको जिल्ला गोष्ठी तथा कार्यशाला धनकुटामा सम्पन्न भएको छ ।
उक्त गोष्ठीले पाँच वटा निर्णय सहित १० बुढे घोषणा पत्र तयार गरि पारित गरेको रेडक्रस धनकुटा शाखाका मन्त्री हरि राईले बताउनु भयो । सोहि अवसर पारेर जुनियर सदस्यता नविकरण, अध्यावधी, प्रअ भेला, विपद व्यबस्थापन, कोष संकलन र आगामी गोष्ठी गर्ने स्थानको चयन समेत गरेको छ ।
आ.व.२०७५।७६ को प्रगती प्रतिवेदन अनुसार ग्रामीण जनता मावि साँगुरीगढी ६ प्रथम, भानु मावि साँगुरीगढी ५ दोस्रो, जलकन्या मावि साँगुरीगढी ३ तेस्रो सर्कलहरुलाई प्रमाणपत्र र पुरस्कारबाट सम्मानित गरिएको छ । गोष्ठीमा खेमराज नेपाल, नेरेसो केन्द्र जुनियर विभागका उपनिर्देशक शिवराम गौतम, प्रशिक्षक रविन दाहाल लगायतले सहजिकरण गर्नु भएको थियो ।
साखाका मन्त्री हरि राईको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी प्रदेस १ अध्यक्ष नरेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
धनकुटाका ३७ विद्यालयका शिक्षक नायक र विद्यार्थीहरु गरि एकसय सातजनाले गोष्ठिमा भाग लिनु भएको थियो ।

तपाईको प्रतिक्रिया