इटहरी । सुन्दरहरैचा नगरपालीका वडा ३ कार्यलयको सहयोगमा सुन्दरहरैचा भित्र सञ्चालनमा रहेका सामुदायिक बिद्यालयका शिक्षकहरुलाई एक महिने कम्प्युटर तालिमको आयोजना सुरु भएको छ । सामुदायिक बिद्यालयका शिक्षकहरुलाई क्षमता अभिबृद्धि गर्ने उद्धेश्य सहित तालिमको आयोजना गरिएको हो ।
श्रीखण्ड मा.विको आयोजनाा सुरु भएको उक्त तालिमले शिक्षकहरुलाई प्राविधिक रुपमा दक्ष बनाउन सहयनोग मिल्ने हुनाले यो तालिमको आयोजना गरिएको सुन्दरहरैचा वडा तिनका अध्यक्ष जिवन प्रसाद ढुंगानाले बताए । तालिममा श्रीखण्ड मा.बि, जनता मा.वि, जननि प्रा.वि र जनता प्रा.वि लगायतबाट करिब २० जनाको सहभागीता रहेको छ ।
शिक्षामा पनि प्राविधिक बिकास गर्दै लैजानु पर्ने अहिलेको अवस्थामा पुरानो शैलीमा मात्र शिक्षा प्रदान नगर्ने भएर शिक्षको पनि प्राविधिक क्षेत्रमा बिकास गर्नु पर्ने आवश्यक्तालाई महशुस गर्दै यो तालीमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा श्याम नारायाण चौधरी, घनश्याम भट्राई, शंकर दाहाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया