रामधुनी,  सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ स्थित रामधुनी मन्दिर बारम्बार खिचातानीको निसानामा पर्ने गरेको छ । अघिल्लो बर्ष प्रदेश सरकारले छुट्याएको ५० लाख बजेट आन्तरिक खिचातानीका कारण खर्च हुँन सकेन ।

स्थानीय राजनितीक दल का कारण यस मन्दिरको विकासमा साढेको मिचाहा शैलीमा पार्टीगत स्वार्थले तछाड मछाड गर्दा रामधुनी मन्दिरको बजेट समेत फिज भएकाृ थियो । फेरी त्यहि मन्दिरका लागि भनेर रामधुनी नगरको स्थानिय सरकारले ५० लाख बजेट छुट्याएको छ । तर त्यो बजेट कसरी खर्च होला भन्ने आम जनमानसमा अन्योलता छाएको छ । अघिल्लो बर्ष खिचातानीबाट तर्सिएका जनतामा स्थानीय जनप्रतिनिधिहरु प्रति पुर्ण बिश्वास नै छैन् ।

हाल रामधुनी मन्दिर जाँने बाटा वडा नं. ३ स्थित सिङ्गीयामा हाल पुनर्निर्माणको चरणमा चरम लापरबाही भएको छ । सडकको काम सुरु हुन साथ कमशल भएको भन्दै स्थानीयले चर्को बिरोध गरेका छ्न । सडकमा बेसनै नहाली प्राइम कोट गर्ने चरणमा बाटो पु¥याएको र हाल निर्माण भएको सडक हप्ता दिनमा नै भक्कीदा स्थानीय चिन्तित बनेका छन् । ३०० मिटरको काम गर्दै गर्दा गरेको कालोपत्रे पुन उकिएको छ ।

स्थानीय भन्छन् यो कामले रामधुनी मन्दिर सहित वडा नं. ३ र ४ को विकासको काम भने २५बर्ष पछाडी जाने भएकाले काम राम्रो भए मात्र अगाडि बडाउन दिने स्थानीय जितेन्द्र सुबेदीले बताए । पहिला पनि उक्किएको र पुन निर्माण गर्नुपरेको बाटोलाई अनेक बाहाना वा नाटक रचेर यसरी कमशल बनाउँनु नगर, निर्माण कम्पनि र जनप्रतिनिधिकोे हात रहेको स्थानीय कुमार पौडेलले बताए ।

बाटोको खाल्डाखुल्डी पुर्ने योजना भन्दै त्यस्तो कमशल बाटो निर्माणमा नगरेको निकै ठूलो लापरवाही भएको स्थानीयको दावि छ । कुल लागत ४० लाख रहेको र यो बाटो जाल्पा सिद्ध निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

तपाईको प्रतिक्रिया